शिक्षा

 लोकसेवा विज्ञापन खारेजीको माग गर्दै राजधानीमा प्रर्दशन

समावेशी समानुपातिक सिद्वान्तको भावना र मर्म विपरित प्रकाशित गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गरिएको छ । अखिल नेपाल आदिबासी जनजाति महासंघ, आदिबासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल र पहिचानमा आधारित संघीय गठबन्धनले आज राजधानीमा उक्त बिज्ञापन खारेजीको माग गरेका छन । असमावेशी विज्ञापन खारेज गर, संवैधानिक अधिकार सुनिश्चित गर,...बाँकी

आठ महिनामा छ जनाले मात्र लिए सर्टिफिकेट धितो राखेर ऋण

सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था गरे पनि यसमा विद्यार्थीको आकर्षण न्युन देखिएको छ। गत भदौमा मन्त्रिपरिषदले शैक्षिक प्रमाणपत्र धितोमा राख्न मिल्ने प्रस्ताव  पास गर्दा सरकार र विद्यार्थी खुसी देखिन्थे। स्नातक पास गरेका विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न पाउने भए पनि आठ महिनामा जम्मा ६ जनाले...बाँकी

समिक्षा कार्यक्रम सम्पन्न

जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा्) ले हाल सम्म गरेका कामको आज समिक्षा कार्यक्रम सञ्चालन गरेको छ । इकाईका प्रमुख बद्रीबहादुर पाठकले मकवानपुरमा निर्माण गरेका विद्यालय भवनको कार्यप्रगति र अब गरिदै गरेका कामको बारेमा जानकारी गराएका छन् । २०७२ सालको भुकम्पका कारण पूर्ण रुपमा भत्कीएका विद्यालयहरु भवनहरु अरु जिल्लाको तुलनामा मकवानपुरमा...बाँकी

किन हुन सकेन विद्यालयमा शुल्क निर्धारण ?

नेपाल सरकारले विद्यार्थी भर्ना अभियान २०७६ को आदर्श वाक्य ‘सबै बालबालिकाहरुलाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ तय गरे तापनि ललितपुरभित्रका ६ वटा पालिकाको कुनै पनि संस्थागत विद्यालयमा हालसम्म निश्चित शुल्क निर्धारण हुन सकेको छैन । केन्द्र सरकारले शिक्षा ऐन निर्माणको काममा ढिलाइ गरेसँगै प्रदेश हुँदै सङ्घ र स्थानीय निकायमा...बाँकी

बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिकाबारे वक्तृत्वकला

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका–३ मा रहेको महेन्द्रज्योति माविमा बाल विवाह न्यूनीकरणका लागि विद्यार्थीको भूमिकाको विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा महेन्द्रज्योति माविका छात्रा निकिसा तिमल्सिना प्रथम भएकी छन् । प्रतियोगी ८ जनालाई पछि पार्दै उनी प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । प्रतियोगितामा सोही विद्यालयमा अध्ययनरत शशी...बाँकी

१७ प्रतिशत किशोरी १० देखि १९ वर्षमा नै आमा

 नेपालमा अझैसम्म पनि १७ प्रतिशत किशोरीहरू सानै उमेरमा आमा बन्ने गरेको देखाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय किशोरकिशोरी तथा विकास रणनीति २०७५ ले १० देखि १९ वर्षमा नै आमा बन्ने किशोरीहरु १७ प्रतिशत रहेको उल्लेख गरेको छ । सन् २०१० को एक अध्ययनअनुसार नेपालमा किशोरकिशोरीको सङ्ख्या कुल जनसङ्ख्याको...बाँकी

छात्राहरुमा अनौठो रोग देखिएपछि पठनपाठन बन्द

बाराको निजगढ नगरपालिका-१०, लाल टोलमा रहेकोे एउटा सामुदायिक विद्यालयका छात्राहरुमा अनौठो रोग देखिएपछि विद्यालय बन्द गर्नुपरेको छ। स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्राहरुमा अनौठो रोग देखिएका कारण जेठ १४ गतेदेखि २१ गतेसम्म बन्द गरिएको प्रधानाध्यापक हरिनारायण लाल कर्णले जानकारी गराउनु भयो। छात्राहरुमा एकोहोरो भएर हेर्ने, जीउ चिसो हुने, घाँटी बटारेजस्तो हुने, छटपटिने, अन्य...बाँकी

आईनजिओको कार्यक्रममा मकवानपुरका पत्रकारलाई दुर्वव्यवहार

हेटौंडा : मकवानपुरको सुकौरामा विद्यालयको पुनः निर्माणको लागि एक आईएनजिलो गरेको कार्यक्रममा पत्रकारहरुलाई दुव्र्यवहार भएको छ । अमेरिकी अन्र्तराष्ट्रिय गैरसरकारी संस्था युएसएआईडीले मकवानपुरको ६ वटा विद्यालय र दुई वटा स्वास्थ्य चौकी बनाउने भन्दै मकवानपुरगढी गाउँपालिकाको सुकौरामा संयुक्त भुमि पुजन कार्यक्रम राखेको थियो । तामझाम सहित प्रचारात्मक गरिएको कार्यक्रममा आयोजककै निमन्त्रणमा...बाँकी