शिक्षा

२३ औँ अभिभावक भेला सम्पन्न

हेटौँडा-१३ बनस्पतिमा रहेको श्री युग चेतना आधारभुत प्राविको आज २३ औँ अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयका ज्येष्ठ सदस्य तथा १३ नम्बर वडाका वडा सदस्य सन्त बहादुर तितुङको अध्यक्षता तथा १३ नम्बर वडाका वडा अध्यक्ष मनोज कुमार वाइबाको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलाले अशोक कुमार डिम्डुङको अध्यक्षतामा...बाँकी

हेटौँडाका १५ विद्यालयले शिक्षक सिकाई सहयोग अनुदान प्राप्त गर्ने

हेटौँडाका १५ विद्यालयले शैक्षिक सत्र २०७६ का लागि शिक्षक व्यवस्थापन गर्न उक्त रकम प्राप्त गर्ने भएका छन् । हेटौँडा नगरका ९ आधारभुत र ६ माध्यमिक विद्यालयले अनुदान प्राप्त गर्ने हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका उपसचिव पूर्णबहादुर अछामीले जनाए । माविलाई ३ लाख ६६ हजार रुपैँया र आधारभुत तहका विद्यालयहरुलाई २...बाँकी

शंखरापुरका विद्यालयमा स्थानीय भाषा

शंखरापुर नगरपालिकाले नगरभित्रका विद्यालयमा सुधारका लागि इ हाजिरीदेखि स्थानीय भाषालाई प्राथमिकता दिने सम्मको योजना ल्याएको छ । नगरको शिक्षा समितिले शिक्षाको गुणस्तर सुधार्नका लागि विद्यालय र नगरपालिका मिलेर विभिन्न कार्य गर्नुपर्ने निर्णय गरेको छ । सामुदायिक तथा संस्थागत दुवै किसिमका विद्यालयमा यी योजना लागू गरिने मेयर प्रमुख रहेको शिक्षा समितिले जनाएको छ ।...बाँकी

हेटौंडा ५ नम्बरवडाका सम्पुर्ण विद्यालय बन्द गर्न उपमहानगरको निर्देशन

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ५ का सबै विद्यालय बन्द गर्न उपमहानगरले निर्देशन दिएको छ । विगत केहिदिन देखी अविरल बर्षाको कारण यस उपमहानगरपालिकाको वडा नं ५ का सम्पुर्ण भागहरू डुवानमा परेकोले यस वडा क्षेत्रभित्र रहेका सम्पुर्ण सामुदायिक, संस्थागत र अन्य शैक्षिक संस्थाहरु आज मिति २०७६र०३र २९ देखि तीन दिन सम्म...बाँकी

थाहाको विद्यालयहरुमा रुपचन्द्र विष्टको “थाहा दर्शन”

थाहा नगरपालिकामा जन्मेर नेपालभर जनवादको विषयमा वकालत गर्दै हिडेका जनवादी नेता रुपचन्द्र विष्टले उत्पादन गरेको थाहा दर्शनबाटै नगरपालिकाको नाम समेत राखिएको क्षेत्रमा विष्टले उत्पादन गरेको थाहा दर्शनलाई उत्तरी मकवानपुरको थाहा नगरपालिकाले अब विद्यालय शिक्षामा समेत समावेश गर्ने भएको छ ।  थाहा नगरपालिकाको नगरसभाबाट सो विषय पारित भएको हो । विद्यालय...बाँकी

प्रधानमन्त्रीलाई हिलोमा रातो कार्पेट

त्रिभुवन विश्वविद्यालय सभाले विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर तथा पीएचडी उपाधिका लागि योग्य ७० हजार ७७ जनाको ग्रेस लिष्ट पारित गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको बैठकले ग्रेस लिष्ट पारित गरेको हो। ग्रेसलिष्ट पारित भएका विद्यार्थी अब हुने ५७ औं दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन्।...बाँकी

इपिएस भाषा परीक्षा उत्तीर्णको सिप परीक्षण पहिलो पटक काठमाडौंमा, कोरियाबाटै टोली आउने

 दक्षिण कोरियाली रोजगारीका लागि भाषा परीक्षा पास गरेका परीक्षार्थीको काठमाडौंमै सिप परीक्षण हुने भएको छ। कोरिया आफैंले कोरियाली प्रविधिबाट सिप परीक्षण गराउने कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ। आगामी भदौ ४ गतेदेखि १८ गतेसम्म हुने सिप परीक्षण पहिलोपटक काठमाडौंमा हुन लागेको हो। सिप परीक्षण हुने स्थानका बारेमा भने...बाँकी

शिक्षकको कुटाईबाट एक छात्रको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयमा अध्ययनरत एक छात्रको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कक्षा ९ मा अध्ययनरत १३ वर्षीय माधव कलौनीको भारतको बरेलीस्थित अपस्तालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । बैतडी शिवनाथ गाउँपालिका घर भई भीमदत्त नगरपालिका ५ बनगाउँमा मामाको...बाँकी