नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । यसैगरी पछिल्लो २४...बाँकी
शुक्रबार मात्र कोरोना संक्रमण भएको खबर थाहा पाएका बकैया गाउँपालिकामा कार्यरत एकजना इन्जिनियरको आज दुर्घटनामा मृत्यु भएको छ । बकैया गाउँपालिकामा भुकम्प प्राधिकरणको तर्फबाट कार्यरत रहेका इन्जिनियर दिपेन्द्र अधिकारीको आज मकवानपुरको रजैयामा मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । बकैयामानै आइसोलेसनमा बस्नु भन्दा घरमा बस्न आउनु भन्ने, यता स्याहार हुन्छ भन्ने...बाँकी
पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड –१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १र१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। मृत्यु हुनेमध्ये सर्लाहीका ६० वर्षका पुरुष छन्। पाटन अस्पतालमा उपचारका लागि भदौ २६ गते भर्ना भएका उनको शुक्रवार...बाँकी
मञ्जुश्री असाहय संरक्षण केन्द्र हेटौँडा शाखाले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा भेटघाट तथा परिचयत्मक कार्यक्रमा सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख एसपी सुशिल सिंह राठौरले महिला तथा बालबालिकामा हुने हिंसा र शोषणको अन्तय गरौँ भन्ने मुल नारा सहित स्थापित संरक्षण केन्द्रको हेटौँडा शाखालाई शुभकाना दिएका छन् ।...बाँकी
एउटा इन्जिन र चारवटा बोगीसहितको रेल शुक्रबार दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनकपुर रेल स्टेसन आइपुगेको रेलका तस्बिरहरू र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । एक इञ्जिन र चारवटा बोगी रहेको रेलको दुई वटा सेट शुक्रबार जनकपुरमा हस्तान्तरण गरिँदै छ ।...बाँकी
नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय...बाँकी
मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको...बाँकी
एसिड आक्रमणबाट घाइते व्यक्तिलाई सरकारले नै जीवन निर्वाहका लागि रोजगारीको ग्यारेन्टी, आजीवन निःशुल्क उपचारलगायत कानुनी संरचना बनाउनुपर्ने सरकारी अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ । साउन २३ गते नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाको संयोजकत्वमा गठित गृह, कानुन, स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारी सम्मिलित समितिले पीडितमैत्री...बाँकी