स्वास्थ्य र जीवनशैली

आजको मौसम

देशभरको मौसम सोमबार सामान्यतया बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । यस्तै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको र पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसमविदले बताएका छन् ।...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित संख्या २१ हजार बढी

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २१ हजार नाघेको छ । आईतबार प्रदेशभर ८ सय ४६ मा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २१ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संगै बागमतीमा संक्रमितको संख्या २१ हजार ७० पुगेको छ । यसैगरि बागमती प्रदेशमा...बाँकी

वीरगन्जमा थप चार कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एकरएक जना छन् । तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान...बाँकी

६ महिनापछि सुरु भयो आन्तरिक उडान

 लकडाउनका कारण बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । नेपाल सरकारको भदौ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार झन्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालन भएको हो । काठमाडौंबाट उडेको बुद्ध एयरको यु ४ ६०३ जहाज पहिलोपटक सोमबार बिहान पौने ९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । ५...बाँकी

मकवानपुरमा २२ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा आज २२ जनामा कोरोना पुष्टि भएको छ । असोज २ गते सङ्कलन गरिएको १२६ स्वाब नमूना परीक्षण गर्दा आज दिउँसा २२ जनामा कोराना पुष्टि भएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखा हेटौंडाले जनाएको छ । आज हेटौंडा उपमहानगरपालिकाका ११ जना, भीमफेदी गाउँपालिकाका वडा नम्बर ४ का ६ जना, वडा नम्बर...बाँकी

कैलालीकी पत्रकार निर्मला पहराई मृत फेला

कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत करिब २४ वर्षीया पत्रकार निर्मला पहराई मृत भेटिएकी छिन् । घोडाघोडी नगरपालिका–५ मा रहेको फुलबारी सामुदायिक जंगलमा झुण्डिएको अवस्थामा शुक्रबार उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । उनी रेडियो कैलालीमा पाँच वर्षदेखि समाचार वाचिका एवं समाचार कक्षमा कार्यरत...बाँकी

कोरोनाबाट मृत्यु हुने ४ सय १ पुगे, २४ घन्टामा ११ जनाको मृत्यु

कोरोना संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयको शनिबारको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ७ जना महिला र ४ जना पुरुष रहेको बताए । मृतक महिलामा मोरङकी ६५ वर्षीया, रौटहटकी ५१ वर्षीय, सर्लाहीकी ५६...बाँकी

उपत्यकामा २४ घन्टामा थप ७ सय ११ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । २४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएका...बाँकी