फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीमा आज सभामुख, पूर्वप्रधानमन्त्री, मन्त्री तथा विशिष्ट व्यक्ति लगायतले अवलोकन गरेका छन्। नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट तस्बीरको उक्त प्रदर्शनीमा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह तथा कला पारखीलगायतले प्रत्येक फोटोकाबारे...बाँकी
अविरल वर्षात्का कारण भेरी नगरपालिका–३, ठाँटीबजारमा आइतबारबिहान पहिरो खस्दा पुरिएका ७ जनाको शव निकालिएको छ । उक्त पहिरोमा २ जना अझै पुरिएका छन् । एक सय मिटर माथिबाट आएको पहिरोले स्थानीयका २ वटा घर पुरिएका थिए ।पहिरोमा पुरिएकातीर्थराज बोहराकी छोरी ५ वर्षीय नज्मा बोहरा,२५ वर्षीय सितला लुहार, ६ वर्षीय सम्झना बिक, ३ वर्षीय...बाँकी
चलचित्र 'मिस्टर भर्जिन'को रिलिज मिती नजिकिँदै गर्दा चलचित्र टिमले आफ्नो प्रचारप्रसारलाई तीब्र पारेको छ । यही क्रममा चलचित्र युनिटले मोफसल टुर गर्ने भएको छ । मोफसल टुर आज पोखराबाट सुरु हुँदैछ । पोखरा स्थित मिड टाउन सिनेमा हल अगाडी ४ बजे कलकार सहितको साङ्गितिक कार्यक्रम हुने चलचित्र टिमले जनाएको छ...बाँकी
यसै त पोखरा धेरै पानी पर्ने ठाउँ हो । वर्षात्को याम भएका कारण क्षणभरमा पानी पर्नु र घाम लाग्नु यतिखेर यहाँको दैनिकीजस्तै बनेको छ । पोखराको यस्तै मौसममा पोखरा आर्ट ग्यालरीमा गरिएको समता चित्रकला प्रदर्शनी २०७५ मा वर्षात् र पोखरा आसपासको वातावरणको जीवन्त चित्रण गरिएका तस्वीर प्रदर्शनमा राखिएको छ ।...बाँकी
छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो । गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन...बाँकी
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको...बाँकी
गोकियो तालमा डुबेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका तीनजना विद्यार्थी बेपत्ता भएका छन्। खुम्जुङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्। भ्रमणमा गएका विद्यार्थी नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। बेपत्ता हुनेमा खुम्जुङ आधारभूत विद्यालयमा कक्षा ९ मा अध्ययनरत खुम्बु पासाङल्हामु गाउँपालिका–४ का...बाँकी
विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझ ५ः३० बजेबाट दुईतर्फी नै सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ घुमाउने र इच्छाकामना गाउँपालिका– ६ स्थित जलवीरेमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालन भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको...बाँकी