विविध

स्काउट दिवसको अवसरमा बृक्षारोपण

नेपाल स्काउटको ६७ औं स्थापना दिवसको उपलक्ष्यमा जिल्ला स्काउट कार्यालय कवानपुरले वृक्षारोपण कार्यक्रम सम्पन्न गरको छ । नेपाल स्काउट मकवानपरका जिल्ला आयुक्त बेली थापाको सभाध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालीकाको मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो । एक स्काउट एक विरुवा नारा दिएर ६० जना स्काउट ,रोभर रेन्जर, स्काउटर र...बाँकी

मकवानपुरका एसपी र डिएसपी दुबैको एकसाथ सरुवा

मकवानपुरका प्रहरीका हामिकहरु प्रहरी उपरीक्षक(एसपी) लोकेन्द्र श्रेष्ठ र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी प्रवक्ता दीलिपराज झाको सरुवा भएको छ । गृह मंत्रालयले सोमबार देशभरका ५० डिएसपीहरुको सरुवा गरेपछि झाको पनि सरुवा भएको हो । झाको महानगरीय प्रहरी परिसर ललितपुरमा सरुवा भएको छ । मकवानपुरमा एसपी श्रेष्ठको ठाउँमा प्रहरी हेडक्वाटर काठमाण्डौँबाट...बाँकी

श्यामप्रसाद शर्माको स्मृतिमा कार्यक्रम गरिने

 प्रगतिवादी लेखक तथा साहित्यकार श्याम प्रसाद शर्माको ८९ औं जन्म जयन्तीको अवसरमा श्याम प्रसाद स्मृति प्रतिस्ठान सँगै ३ वटा संस्थाले यहि असार ६ गते साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली प्रगतिशील साहित्यका धरोहर शर्माको स्मृतिमा मकवानपुरमा साहित्यिक कार्यक्रमको आयोजना गरिन लागेको प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डेले जानकारी दिए ।...बाँकी

अवरुद्ध सबै सडकखण्ड खुल्यो (अपडेट)

 मकवानपुर जिल्लाको तीन स्थानमा अवरुद्ध भएको सडकखण्ड आइतबार अपरान्हबाट संचालनमा आएको छ। त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक पहिरो हटाएपछि हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा आएको हो भन हेटौँडा कुलेखानी काठमाडौं सडकअन्तर्गत पर्ने फाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा अवरुद्ध भएको सडकपनि संचालनमा...बाँकी

धर्म डलरमा बिक्री गर्ने कार्य भयो  :  अध्यक्ष पटेल

हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले संविधानमा लेखिएको ‘धर्म निरपेक्ष’ वाक्यांसलाई केही नेताहरुले करोडौं डलमा बिक्री गरेको आरोप लगाएका छन् । भारतीय मीडियाहरु संग कुराकानी गर्दे पटेलले भने गरिबी, अशिक्षा र असमानताको नारा भजाएर नेपालमा क्रिस्चियन मिसिनरी र कम्युनिष्टहरु हावी हुँदै आएको जिकिर पनि गरे । केन्द्रिय अध्यक्ष संतोष...बाँकी

तेश्रो पटक आँखाको नानी संकलन

हेटौडामा तेश्रोे पटक आँखाको नानी संकलन गरिएको छ । भीमफेदी गाँउपालिका वडा नं. २, चुनिया निवासी उमेश बर्तौला, श्याम बर्तौला, रुपेश बर्तौला र रमेश बर्तौलाले आफ्ना पिता स्वर्गीय तेजप्रसाद बर्तौलाको आँखाको नानी दान गरेका हुन । मानिसको मृत्यु पश्चात जलेर खरानी हुने आखाको नानी दान गरी दृष्टि विहिनहरुलाई दृष्टि प्रदान...बाँकी

सुरुङ मार्गमा पुरिएका चारजना ३८ घण्टापछि जिवितै उद्वार

संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५...बाँकी

त्रिभुवन राजपथ खुल्यो,सिस्नेरी सडकखण्ड अवरुद्ध नै (अपडेट)

त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए राति आएको वर्षाले काठमाडौँ–हेटौँडा तर्फको...बाँकी