विविध

पहिरोका कारण मकवानपुरका दुइ सडकखण्ड अवरुद्ध

मकवानपुरको दुई स्थानमा गएराति पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । जिल्लाको इन्द्रसरोवर गाँउपालिका–२ को क्षेपारे तथा कुलेखानी र भीमफेदी गाउँपालिका–२, को महावीरमा पहिरो खस्दा सवारी आवागमन प्रभावित बन्न पुगेको हो ।सडकमा पहिरो खसेपछि पालुङ–काठमाडौं चल्ने सवारी साधन प्रभावित भएका छन् । यता गएराति नै क्षेपारे र कुलेखानीमा खसेको...बाँकी

हिन्दु परिषदद्वारा सरसफाईको आयोजना

हिन्दु परिषद नेपाल बहुदरमाई नगर कमिटी द्वारा शनिबार वीरगन्ज महानगरपालिका वडा नं १९ मा रहेको ऐतिहासिक एवम प्रसिद्ध बिन्दावसिनीमाई मन्दिर बृहद सरसफाई गरेको छ। सरसफाई कार्यक्रममा धार्मिक एवम समाजिक कार्यमा योगदान पुर्याएका वड़ा अध्यक्ष संतोष तिवारी, मंदिरका पूजारि पुरुषोत्तम उपाध्याय, दिनेश साह, सामाजिक अगुवा उपेन्द्र राय, नंदकिशोर राम, वाशुदेव राउत,...बाँकी

मदिरा सहित तीनजना पक्राउ

मकवानपुर प्रहरीले अवैध घरेलु मदिरासहित शनिबार बिहान तीन जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौँडा ५ बाट मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीया कान्छी मोक्तान सोही स्थानका २५ वर्षीया बन्दना तामाङ र बसका सहचालक २४ वर्षीय ज्ञानेन्द्र दोङलाई नियन्त्रणमा लिएको...बाँकी

बाँध खस्दा चारजनाको मृत्यु(अपडेट)

जिल्लाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको मृत्यु भएको छ । शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन्। ढिस्कोमा पुरिएर २ नेपाली र २ भारतीय कामदारको मृत्यु भएको डीएसपी श्यामकुमार सारुमगरले बताए। मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका–४...बाँकी

बाँधमा पहिरो खस्दा ५ जना बेपत्ता

अरुण तेस्रो  परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन्। मकालु गाउपालिका वडा नम्बर ५ को फ्याक्सिन्दा दोभानमा शुक्रबार राति करिब ८:४० बजे पहिरो खसेर ५ जना बेपत्ता भएको संखुवासभा डीएसपी श्याम सारु मगरले जानकारी दिए। जलविद्युत परियोजनाको बाँध निर्माण स्थलमा सुरुङ निर्माणको क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर पाँच जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा...बाँकी

अब फाखेलको सडकमा पनि गाडी गुड्ने

सडक बिभागले काठमाडौँ–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडकलाई स्थायी बाटोका लागि अनूमति दिइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सडकलाई स्थायी बाटो कायम गर्न अनूमति दिएको हो । इन्द्रसरोवर गाउँपालिका कुलेखानी मकवानपुर लगायतका सरोकारवालाहरुले उक्त बाटोलाई स्थायी सडक कायम गरी भाडादर निर्धारण गर्न निवेदन दिएकोेमा उक्त सडकलाई स्थायी रुप दिइएको...बाँकी

चुम्लिङटारमा सवारी दुर्घटना तीनजनाको मृत्यु,चालक हेटौंडाकै

पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ठक्कर दिँदा दुर्घटना भएको हो ।चितवन प्रहरीका...बाँकी

विश्वकप हेरेर फर्कँदै गरेका युवा बेपत्ता

अविरल वर्षासँगै आएको बाढीले बगाएर ताप्लेजुङमा १ जना बेपत्ता भएका छन् । बिहीबार राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा  फुङलिङ नगरपालिका-१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार राई चढेको मोटरसाइकल...बाँकी