बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु...बाँकी
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात संचालन हुन सकेको छैन । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान पाँच बजे जलबिरे, कालिखोला लगायतका क्षेत्रहरुमा ठूलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरो । फाइल तस्बिर स् कान्तिपुर पहिरो हटाउँन कम्तिमा चार घण्टा लाग्ने...बाँकी
मकवानुरको राक्सिराङ्ग गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आफ्ना गाउँपालिकाका स्थानीयहरुका लागि लक्षित गरी बजेट सहितको नीति कार्यक्रम सार्वजनिक भएको हो । ४२ करोड ३३ लाखको बजेट सहित सार्वजनिक गरिएको कार्यक्रममा गाउँपालिकाले कृषि विधुत पर्यटन र पूर्वाधार,राक्सिराङ्गको विकासको आधार” नारा तय गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार...बाँकी
मकवानपुर प्रहरीस्ले लागू औषध सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडाको बसपार्कबाट चितवनको मिलनचोकका ३३ बर्षीय कृष्ण बहादुर दराईलाई पक्राउ गरेको हो । चेकजाँच गर्दा निजको साथबाट लागु औषध नोरफिन १५ ऐम्पुल र फेनार्गन १५ एम्पुलबरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।बाँकी
नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न ४ स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ । सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो । प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरो...बाँकी
रौतहटको बौधिमाई नगरपालिकामा सडक विस्तार र ढलान गर्ने क्रममा झडप हुँदा तीनजना घाइते भएका छन्। वडा कार्यालयले जबरजस्ती बाटो बढाएर निजी जमिनमा क्षति पुर्याएको भन्दै शनिवार साँझ बाटो निमार्ण समिती र जग्गा धनीबीच झडप भएको हो। दुईजना घाइतेलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ। अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका...बाँकी
बिग्रिएर सडक किनारमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा प्रिन्सिपलको मृत्यु भएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका-२ सितापुरस्थित राजमार्गमा सडकको उत्तर किनारामा रोकिराखेको स.१त ४४९३ नम्बरको ट्याक्टरमा ठोक्किँदा आदर्श मावि महुलीका प्रिन्सिपल ३५ वर्षीय गुणराज कटेलको घटनास्थलमै मृत्यु भएको स्थानीय बोधराज सुबेदीले बताए। खोटाङ्गको हलेसी महादेवको दर्शन गरी घरतर्फ जाँदै गरेका प्रिन्सिपल कटेल...बाँकी
हिन्दु परिषद् नेपाल वीरगन्ज महानगर कमिटीले बुधबार वड़ा नं. ८ गहवामा रहेको राधाकृष्ण मन्दिरलाई बृहत सरसफाइ गरिएको छ। नगर अध्यक्ष दीपक साह कानूको सभापतीत्वमा सम्पन् सरसफाई कार्यक्रममा हिन्दू परिषद् नेपालका केंद्रीय अध्यक्ष संतोष पटेल, सचिव सुरेश साह कानू। सह(कोषाध्यक्ष संजय सर्राफ, केन्द्रीय सदस्यहरू सुकदेव साह कानू, रामेश्वर गुप्ता, अजिता देवी...बाँकी