विविध

छोरी मारेको अभियोगमा किरिया बसेकी आमा पक्राउ

छोरी मारेको आरोपमा चितवनको कालिका नगरपालिका ६ सूर्यपुर सुन्दरवस्तीकी एक महिला पक्राउ परेकी छन् । गत असार ८ गते शुक्रबार १४ वर्षीया छोरी ममता परियारको हत्या गरेको आरोपमा ३५ वर्षीया आमा शोभा परियार प्रहरीले पक्राउ गरेको हो ।स्थानीय ३ सय भन्दा बढी महिलाहरुले छोरीको मृत्यु नभई सुनियोजित हत्या गरिएको भन्दै...बाँकी

नारायणगढ-मुग्लिङ सडक फेरि अवरुद्ध

 नारायणगढ-मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिकाको भालुढुंगामा पहिरो गएको छ।पहिरोले सडक अवरुद्ध भएको छ। बाटो अवरूद्ध भएपछि हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका छन्। पहिरोसँगै ढुंगा खस्न थालेपछि सवारी साधन बीच बाटोमै रोकिएको चितवन प्रहरीले जनाएको छ। नारायणगढ- मुग्लिन सडकखण्ड म‌ंगलबार ११ घण्टा र बुधबार छ घण्टा अवरोध भएको थियो। पहिरो हटाउन...बाँकी

नाङ्गै बनाई निर्घात महिला कुट्नेहरुलाई ६ महिना जेल

अर्घाखाँचीकी दिलमाया पुनलाई सडकमा ल्याएर नाङ्गै बनाई निर्घात कुटपिट गर्ने दाङका दुई महिलालाई जरिवानासहित जेल चलान गरिएको छ । जेठ २५ गते अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–९ ठाडोखोलाकी दिलमाया पुन मगरलाई कपडा च्यातेर निर्मम कुटपिट गर्ने राप्ती गाउँपालिका–१ भालुबाङ पुरानो बजारका ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई ६...बाँकी

निगमको वाइड बडी विमान ‘अन्नपूर्ण’ आइपुग्यो

 राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएका फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२...बाँकी

असार २८ गते एक जोडी गैँडा चीन पठाइने

 नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२...बाँकी

भूकम्पले फेरि हल्लायो

बिहीबार बिहान धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।भूकम्पको क्षतिको विवरण भने आएको छैन...बाँकी

मध्य रातमा पानी पर्दा गाउँनै बगायो

धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी...बाँकी

सवारी दुर्घटना न्यूनिकरणका लागि अन्तरकृया

सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी एक अन्तरकृया काईक्रम सम्पन्न भएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुरको आयोजनामा सडक सभ्यता अभिवृद्धि तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको हो । ‘हाम्रो अभियान,सुरक्षित र सहज ट्राफिक व्यबस्थापन’ भन्ने मुल नाराका साथ कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सभाहलमा अन्तरक्रिया...बाँकी