विविध

फरार दुईजना अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार रहेका दुईजना अभियुक्तहरुलाई पक्राउ गरेको छ । वन मुद्दाका फरार रहेको छतिवनका सीताराम लामिछानेलाई बाराको निगढबाट पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको मिति २०६४ पुस १ गते दुई महिना चार दिन कैद सजायँ तोकेको थियो भने प्रहरीले चोरी मुद्दाको फरार हेटौंडा चौघडाका बिनय अधिकारीलाई...बाँकी

श्रेष्ठको नेतृत्वमा हुने भो भूमिको ब्यवस्थापन

जिल्ला भुमि अधिकार मञ्च मकवानपुरको अध्यक्षमा यज्ञबहादुर श्रेष्ठ सर्वसहमत चयन भएका छन् । मञ्चको आईतबार हेटौंडामा भएको छैठौं जिल्ला सम्मेलनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा धनबहादुर रेग्मी, सचिवमा मीरा स्याङ्गतान, कोषाध्यक्षमा डोल्मा स्याङ्वो, सहसचिवमा राजनप्रसाद फुयाँल चुनिएका छन् । त्यस्तै समितिको सदस्यहरुमा ठुलीमायाँ...बाँकी

यस हप्ताको साप्ताहिक राशिफल २०७५ साल असार १७ गतेदेखि असार २३ गतेसम्म

डा.उत्तम उपाध्याय न्यौपाने(बरिष्ठ ज्योतिष तथा बास्तुबिज्ञ) मेष काममा केही बाधा र समस्याको साता रहनेछ। शुभ कार्यमा सरिक हुने साता रहेको छ। आर्थिक पक्ष मध्यम रहला। केही नचाहिँदा आरोप, प्रत्यारोप बेहोर्नुपर्ने देखिन्छ। साताभरि मनमा कौतूहल र चिन्ता छाइराख्ने देखिन्छ। दाम्पत्य जीवनमा अप्ठ्यारा पक्षहरू रहनेछन्। व्यापार व्यवसायमा मध्यम लाभ छ। धार्मिक कार्यमा...बाँकी

बिधुत सेवामा अवरोध पुर्याउने झाडी फालियो

मनहरी गाउँपालिकाका विभिन्न वडाहरुमा विद्युत सेवा अबरोध पु¥याउने गरी बढेको झाडी तथा रुखका हाँगाहरु काटिएको छ । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अगुवाईमा मनहरी ८ रजैयादेखि मनहरी ९ ज्यामिरेसम्म झाडी सफाई गरिएको हो । अध्यक्ष उप्रेती आफै हँसिया लिएर युवाहरुलाई हौसला प्रदान गर्दै झाडी सफाइमा होमिएका थिए । उनलाई साथ...बाँकी

पिर्काले हिर्काएर श्रीमानको हत्या

 पूर्वी चितवनको माडीमा शनिबार दिउँसो श्रीमतीले पिर्काले हिर्काउँदा श्रीमानको मृत्यू भएको छ । माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले खाना खाने...बाँकी

मामाघरको भान्जालाई सहयोग

बिगत लामो समय देखी सडक बालबालिकाको व्यवस्थापन गर्दै आइरहेको मामाघर नेपाल मकवानपुरलाइ नेपाल एसबीआइ बैंकका दशले ुहयोग गरेको छ । बैंकका दशजना कर्मचारीहरुले सो सहयोग गरेका हुन् । उक्त कार्यक्रममा मामाघर नेपालले गरेको कार्यप्रती सन्तुष्ट व्यक्त गर्दै मामाघर नेपाल मकवानपुरमा संरक्षित भान्जाहरुको लागी विभिन्न खाद्यन्न,चामल ३ बोरा,रातो दाल १ बोरा,तेल...बाँकी

मनसुन सक्रिय हुँदै, देशभर वर्षा हुने

 मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति निकालेर आजदेखि तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएको हो ।...बाँकी

करेन्ट लाग्दा दुई जनाको मृत्यु

 विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेन्ट लागेर बाँके राप्तीसोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खसेपछि करेन्ट लागेर सोही स्थानका ३४ वर्षीय सुरेश चौधरी र २२ वर्षीय टीकाराम चौधरीको मृत्यु भएको छ...बाँकी