पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ का करिब ५५ वर्षीय सुर्य बहादुर स्याङ्तानले मंगलबारको बिहानी देख्न पाएनन् । आफ्नै ओछ्यानमा चक्कुले घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए । करिब राती १२ बजे उनको हत्या भएको प्रहरीको अनुमान छ । अनुसन्धानको लागि घटनास्थलमा...बाँकी
पर्सा प्रहरीले चरेश र गाँजासहित दुई जनालाई सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर सोमबार उनीहरुलाई सार्वजनिक गरेको हो । भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना रक्सौल सुक्ला कोलोनी ८ का २० वर्षीय पवन गुप्ता र विन्दबासिनी गाउँपालिका ५, प्रसौनीभाठाका ७० वर्षीय महोदिन...बाँकी
यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको...बाँकी
तराई मधेसबासीको श्रद्धा , भक्ति तथा साझा संस्कृतीको रुपमा रहेको चैती छठ पर्व शनिवार उदाउंदोै गरेको सुर्यलाई अर्घ दिएर चैती छठ पर्व समापन भएको छ । छठ पर्वको पहिलो दिन बुधवार नुहाई धुवाई गरी चोखो भएर मिठा परिकारहरु खाने तथा दोस्रो दिन विहिवार राती रसिआव रोटी खाई तेस्रो दिन अस्ताउँदै...बाँकी
शिशु सेवा समिति विराटनगरले शनिबार पत्रकारसहित विभिन्न क्षेत्रका चार जनालाई पुरस्कृत गरेको छ । सो समितिले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा रु ११ हजार १११ राशिको ‘शिशु सेवा पत्रकारिता पुरस्कार’बाट पत्रकार नवोदितलाई पुरस्कृत गरेको हो । उहाँ कारोबार दैनिकका १ नं प्रदेश संयोजक हुनुहुन्छ । त्यसैगरी, सोही राशि बराबरको पुरस्कारबाट सङ्गीतकार...बाँकी
रेडक्रस शाखा झलारीलाई कार्यालय भवन बनाउन १० धुर जमिन उपलब्ध गराउने घोषणा गरिएको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको ४२औँ जिल्ला सभालाई शनिबार सम्बोधन गर्दै जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । नगर प्रमुख ऐरले रेडक्रस जनतासँग धैरै नजिक भएर काम गर्ने...बाँकी
ग्रामीण क्षेत्रका मुद्दालाई स्थानीय बासिन्दाकै कलमबाट सञ्चार माध्यममा समेट्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित तीनदिने ग्रामीण पत्रकारिता तथा उद्घोषण तालीम शनिबार सकिएको छ । डुडुवा गाउँपालिका कार्यालयको आयोजनामा लक्ष्मीनारायण क्रियसन प्रा.लि. काठमाडौँ तथा अवधि पत्रकार संघ, नेपालगन्जद्वारा सञ्चालित तालीम समापन समारोहमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालीममा सिकेका ज्ञान व्यवहारमा...बाँकी
ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्यचोकमा आज बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय दिवाकर भट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । बेलुकी करिब ११ बजे खाना खाएर सुतेको र...बाँकी