विविध

ध्रुवे हात्तीले भगाए सिक्रीमा बाँधिएकी प्रेमिका

चितवन, २ वैशाख (रासस): मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ । पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी, सेना...बाँकी

जिल्ला प्राविधिक कार्यालयहरू खारेज

जिल्ला प्राविधिक कार्यालयहरू बुधबारदेखि खारेज भएका छन् । स्थानीय शासन सञ्चालन ऐन अनुसार तोकिएको म्याद सकिएपछि ती कार्यालय स्वतः खारेज भएका हुन् । अहिले तल्लो तहमा प्रदेश र स्थानीय तह सञ्चालनमा आइसकेका छन् । नयाँ संरचनामा जिल्ला स्तरमा प्राविधिक कार्यालय रहने व्यवस्था नभएको र भएकाको हकमा तिनको कार्याधिकार स्थानीय तहमा...बाँकी

प्रदेशसभा तीन : चार विधेयकमा २७ संसोधन दर्ता

प्रदेश सभा बैठकमा प्रस्तुत ४ विद्येयकमा २७ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन गर्न तोकिएको अवधीमा विद्येयकका विभिन्न दफा र उपदफामा २७ वटा विद्येयक दर्ता भएको प्रदेश सभा सचिवालयका सचिव भरतकूमार बुढाथोकीले जानकारी दिनुभयो । चैत २५ गतेको प्रदेश सभा बैठकमा सामान्य छलफल भएपछि गाउँरनगरर जिल्ला सभा सञ्चालन...बाँकी

नेपाल प्रहरीका दुई दर्जन बढी उच्च अधिकृत एकसाथ अवकाश

नेपाल प्रहरीमा प्रहरी महानिरीक्षकसहित एकैपटक दुई दर्जनभन्दा बढी उच्च अधिकृत सेवा निबृत्त भएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृतले एकसाथ आजबाट नियमित अवकाश पाएका हुन् । अर्याल अवकाशमा जाने अघिल्लो दिनमा मंगलबार साँझ अबेरमात्र सरकारले नयाँ आइजिपीमा सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।...बाँकी

चिनीमिलमा आगलागी हुँदा चारजना मजदुरको मृत्यु

बाराको मनहर्वामा रहेको रिलायन्स चिनीमिलमा मंगलबार भीषण आगलागी भएको छ । आगलागीका कारण चारजना मजदुरको मृत्यु भएको छ । बिहान मिलको भित्रीभागबाट आगो लागेको र काम गर्ने क्रममा जलेर उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । अहिले घाइतेहरुको उद्धार कार्य जारी रहेको छ । घटनाा परी १२ जना मजदुरहरु घाइते...बाँकी

यतिको जहाज अवतरणको क्रममा चक्का लक भएपछि

काठमाडौंबाट उडेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाजको पोखरामा अवतरणको क्रममा अगाडिको चक्का लक भएको छ । चक्का लक भएपछि जहाज धावन मार्गमै रोकिएको छ । उक्त जहाज पांग्रा लक भएर धावनमार्गमा अड्किएपछि पोखरा विमानस्थल अहिलेलाई बन्द गरिएको छ। २८ यात्रु बोकी पोखरा पुगेको जहाज दुर्घटना हुनबाट भने जोजिएको छ...बाँकी

मान्छे खाने बाघ नियन्त्रणमा

दुई दिनको लगातार प्रयासपछि मकवानपुरको मनहरी ७ स्थित पुरानो प्रतापुरबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत प्रतापपुरमा गोली मार्फत लट्याउने सुई हानेर बाघलाई बहेस बनाई आज साँझ नियन्त्रणमा लिएको मध्यवर्ती उपभोक्ता समिति मनहरीका अध्यक्ष पदम तितुङले बताए । बेहोस बनाइएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्ज पठाइएको...बाँकी

पूर्वी पृतना हेडक्वाटरमा दुई सैनिकको मृत्यु

पूर्वी पृतना हेडक्वाटरमा दुई सैनिकको मृत्यु भएको छ । पोखरीमा डुबेको अवस्थामा भरत बिक र दोलख जंग गएराति ९ बजे मृत फेला परेका हुन् । उनीहरुलाई पोष्टमार्टमका लासिग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको इटहरीका डिएसपी सन्जय राउतले जानकारी दिए ।   मृतकको ठेगाना र पद भने खुलाइएको छैन ।...बाँकी