पत्र पत्रिकावाट

ज्युँदो बाबुलाई मरेको भन्दै नागरिकता लिएपछि

काठमाडौं– ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक काजगपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका थिए। २०५६ पुस १३ मा जारी नागरिकतामा साहको बुबा स्वर्गीय अनुपलाल साह लेखिएको...बाँकी

वैशाखसम्ममा अमलेखगञ्जमा पाइपबाट तेल

सिमरा – मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिवाकर भण्डारीले लेखेका छन् । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो...बाँकी

प्रदेश राजधानी हेटौंडामा जग्गा कारोबार घट्यो

प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा जग्गाको कारोबार घटेको छ । हेटौँडामा स्थायी राजधानी रहने वा नरहने द्विविधा बढ्न थालेपछि पछिल्लो समय जग्गा कारोबार घटेको जिल्ला मालपोत कार्यालय मकवानपुरले जनाएको छ । कात्तिक मसान्तभित्र राजधानी र नामकरणको विषय टुंग्याउने प्रयत्नमा जुटेको प्रदेश सरकारले फागुन मध्यसम्म पनि निर्णय गर्न सकेको छैन । अस्थायी राजधानी...बाँकी

इराकमा २ हजार डलरमा नेपाली चेली किनबेच

काठमाडौं - इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ  गरेपछि घटना बाहिरिएको हो । पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको...बाँकी

आज मात्र मौसम खुल्ने, भोलिदेखि फेरि वर्षा

काठमाडाैं - गत शनिबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव सकिएपछि शुक्रबार आज मौसम खुल्ने भए पनि शनिबारदेखि पुनः वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्प प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए । ‘भारतको जम्मु–कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरिसकेको छ ।...बाँकी

आजका पत्रपत्रिकाः रेक्ट्रोफिटिङ कुर्दै हजारौं घर

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज हेटौंडामा बिहीबारबाट सुरु हुने भनेको मेला वर्षाका कारण स्थगित भई दुई दिन पर धकेलिएको, उत्तरी मकवानपुरको विभिन्न स्थानमा भारी हिमपात भएको, अधिकारी र बज्राचार्यको शोकसभा, आर्मीले दूध नकिन्दा उद्योगलाई चुनौतीलगायतका समाचार आजका दैनिक पत्रिकाले छापेका छन् । ग्त २०७२ सालमा आएको...बाँकी

कोरिया जान फेरि मौका, शुक्रबारदेखि आवेदन खुला

काठमाडौँ – दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी...बाँकी

समितिको बैठक स्तब्ध भएको त्यो हृदयविदारक सूचना

काठमाडौँ – फागुन १६ गते । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो । सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक...बाँकी