पत्र पत्रिकावाट

१११ वर्षमा पनि तगडा छन् भीमफेदीका एकबहादुर

एकबहादुर राना १११ वर्षका भए। उनी मकवानपुरको भीमफेदी गाउँपालिका–४, भित्रिरानी खोलामा बस्छन्। करिब १५ वर्षदेखि भतिज (भाइका छोरा)सँगै बस्दै आएका राना अझै सजिलै गाउँघरमा हिँड्छन् । कान कम सुन्छन्, तर आँखा भने प्रष्ट देख्छन् । बोल्न भने सक्दैनन्।  भतिजसँग बस्नुअघि भीमफेदी गाउँपालिका–६ स्थित ठडाघारीमा एकबहादुर एक्लै बस्थे। एकबहादुरका परिवारमा कोही छैनन्।...बाँकी

जहाँ युवतीलाई तानेर ल्याइन्छ, अनि दाजुभाईको साझा बेहुली बनाइन्छ…

‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’,...बाँकी

हेटौंडामा सुरक्षा परिषद् बैठकः प्रदेश सरकारलाई बाइपास

हेटौंडामा हिजो मंगलबारबाट प्रदेशस्तरीय सुरक्ष परिषद् बैठक सुरु भएको छ । गृह मन्त्रालयको आयोजनामा भएको बैठकमा १३ वटै जिल्लाको सुरक्षा रणनीति बलियो बनाउने बारे छलफल भइरहेको छ । तर, गोष्ठीमा ३ नम्बर प्रदेश सरकार भने बेखबर रहेको छ । प्रदेशका मुख्यमन्त्री, प्रदेशको गृहमन्त्री मानिने आन्तरिक मामिला तथा कानुन मन्त्रीलगायत कोही...बाँकी

अब सार्वजनिक यातायातमा स्मार्ट कार्ड

काठमाडौं – उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा तीर्थराज बस्नेतले लेखेका छन् । काठमाडौं महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ । २४ चैतमा महानगरले पारित गरेको सवारी तथा यातायात व्यवस्थापन ऐनमा...बाँकी

विप्लव निकटकालाई पनि राष्ट्रपतिले दिइन् विभुषण

काठमाडौं– ध्वंसात्मक गतिविधि गरेको आरोपमा सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीको शिक्षक संगठनका केन्द्रीय अध्यक्ष पनि प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन्। विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन्...बाँकी

आजका पत्रपत्रिकाःस्थानीय तहका टुक्रे योजनाले विकास खर्च न्युन

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । भाडामा प्यारामोटर ल्याएर परीक्षण, भर्ना अभियान सुरु, आँखा अस्पतालमा इलेक्ट्रोनिक टोकन मेसिन, नयाँ वर्षको दिन ३ दूर्घटा, २ हजार रुख काटेर ६४ करोडको महाविद्यालय, अख्तियारमा उजुरीक चाङ, तराईलाई पछ्याउँदै मकवानपुर, विष् विभुषितलगायतका समाचार...बाँकी

संघीय संसदमा टेण्डर नै नगरी ३ करोड खर्च

संघीय संसद् सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डरविना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको...बाँकी

मेडिकल कलेजमा ठगी विलम्ब शुल्कमा चर्को ब्याज

काठमाडौँ — काठमाडौं विश्वविद्यालय केयू ले एमबीबीएसलगायत चिकित्सा शिक्षा विषय पढ्ने विद्यार्थीसँग विलम्ब शुल्कमै चर्को ब्याज उठाउने गरेको छ । ब्याजसहित विलम्ब शुल्क नतिरे केयूले इन्टर्नसिपमा फेल गराइदिने गरेको विद्यार्थीको गुनासो छ । ‘तोकेको शुल्क समयमा नबुझाए लेट फी लिइन्छ,’ केयूको मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले भने, ‘लेट फीमा पनि दैनिक ब्याज...बाँकी