पत्र पत्रिकावाट

मलेसियाको श्रम स्वीकृति सुरु

काठमाडौँ – मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लखेकी छिन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्थित श्रम रोजगार कार्यालयले सोमबार दुई...बाँकी

मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख

राजविराज – मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजको व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् । सप्तरीको...बाँकी

प्रदेशसभा सांसद भन्छन्ः विकास गर्न प्रदेश सरकार चुक्यो

हेटौंडा– प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण काम गर्न नसकेको भन्दै ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले सरकारको आलोचना गरेका छन् । मंगलबारको प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तपक्ष तथा विपक्षका सांसदहरुले विकास निर्माणको काम गर्न नसकेकाले जनताले प्रदेश सरकारलाई गिज्याइरहेको टिप्पणी गरेका हुन् । आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि विकास खर्च...बाँकी

क्रिश्चियन धर्म प्रचारमा सरकारकै अनुमति !

काठमाडौं – सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था आईएनजीओ ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई...बाँकी

आजका पत्रपत्रिकाः हेटौंडा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । हेटौंडा–१४ मा नयाँ औद्योगिक क्षेत्रको वातावरण प्रभाव मूल्यांकन (ईआइए) सकिएको, सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलबाट २२ लाख रुपैयाँ नाफा, राजधानीको बारेमा प्रदेशसभामा चासो, ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल सकियो, विकास गर्न प्रदेश सरकार...बाँकी

प्रदेश ३ मा सूचना आयोग गठन प्रस्ताव

हेटौंडा — प्रदेश सूचना समिति हटाई स्वतन्त्र आयोगको प्रस्ताव गर्दै प्रदेश सूचनाको हक सम्बन्धी विधेयकमा संशोधन दर्ता भएको छ । प्रदेश ३ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘कार्यालय प्रमुखले गरेको निर्णयउपर पुनरावेदन तथा अन्य उजुरी र निवेदन सुन्न एक स्वतन्त्र पुनरावेदन समिति रहने’ व्यवस्था...बाँकी

भारतबाट भित्रिएको बर्ड फ्लुले देशभर समस्या

हेटौंडा– भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ ल्याउन पूर्ण रोक लगायो। तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम रोकिएन। चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको पन्छीजन्य पदार्थको जरिवानाबाट ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज...बाँकी

आजका पत्रपत्रिकाः कर्मचारी कुर्दैमा हैरान स्थानीय तह

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । आन्दोलनकर्ताले नै जनआन्दोलन दिवसलाई बिर्सिएको, प्रदेशसभा बैठक आज बस्दै, सूचनाको अधिकार बलियो बनाउन ज्ञापन, गाँजाको निहुँमा भीम्फेदी कारागारमा झडप, देशभर भिटामिन ए र जुकाको औषधि खुवाइंदैलगायतका समाचार आजका दैनिक पत्रिकाले छापेका छन् ।...बाँकी