पत्र पत्रिकावाट

बन्ध्याकरण गराउनेलाई ५ हजार

मुगुको छायानाथ रारा ७ पिनाका असलबहादुर शाहीले जेठ पहिलो साता स्थानीय स्वास्थ्यचौकीमा आयोजित शिविरमा स्थायी बन्ध्याकरण गरे । त्यसको केही समयपछि उनले नगरपालिकाबाट ५ हजार रुपियाँ पाए । ‘नगरपालिकाले रकम दिन्छ भनेर बन्ध्याकरण गरेको होइन,’ ३० वर्षीय शाहीले भने ‘नगरपालिकाले सुविधा दिएपछि लिएँ, यसले अरुलाई पनि प्रोत्साहन मिलेको छ ।’...बाँकी

स्थानीय पत्रपत्रिकाः द्रुत गतीमा कानुन बनाउन मुख्यमन्त्रीको निर्देशन, एकीकृत नमूना बस्ती बनाउन सरकार जुट्यो

हेटौंडा, हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले द्रुत गतीमा कानुन निर्माण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । कानुन निर्माणको अभावमा भनेजस्तो काम गर्न नसकिएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले केही काम गर्न नसकेको जस्तो देखिएको स्वीकार गरे । मंगलबार मन्त्रालयहरुको...बाँकी

नेपालको विजुली सिंगापुरमा

नेपालको विजुली सिंगापुरमा , झट्ट सुन्दा सपनाजस्तो लाग्छ ,यही ३०—३१ अगस्टमा काठमडौंमा हुन गईरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास विमस्टेक को चौथो सम्मेलनमा ग्रिड कनेक्टिभिटि विधुत पसारण लाईन सञ्जाल सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालका नदीनालाबाट उत्पादित विजुलीलाई सिंगापुरसम्म पुर्याउने सपना यथार्थामा परिणत हुन धेरै बर्ष लाग्ने...बाँकी

हाकिमको २% तलब काटिँदा जवानको भने २८% काटिन्छ !

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रकिमकबाट सेनाले ३ सय ७८ डलर अमेरिकी डलर सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम...बाँकी

अक्षरको शक्ति फलामे पुल

खोला तर्न जहाँतहिँ पुल बन्ने गर्छन् तर, सबै पुलको उत्तिकै चर्चा हुँदैन । तर, दुर्गम गाउँमा महिलाको अगुवाईमा बनेको पुल भने चर्चामा मात्र सीमित छैन । उनकै नाममा पुल नामाकरण गरिएको छ । मकवानपुरको थाहा नगरपालिका ५ तसरकी चमेली वाइबाको अगुवाईमा १६ वर्षअघि तसर खोलामा फलामको पुल बनाइएको थियो ।...बाँकी

एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन्

हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि । गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दुस्खी हुँदैनन्। बरु अचम्मैसँग...बाँकी

नेपालको ग्यास कर दक्षिण एसियाकै उच्च

स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले ने खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियालीका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन । तर, मुलुकमा सरकारले ग्यासमा विभिन्न सातवटा शीर्षकमार्फत उपभोक्तालाई...बाँकी

आजको स्थानीय पत्रपत्रिकाः तरकारीमा बिचौलियाको बिगबिगी, हेटौंडा कपडा उद्योग चलाउन २० करोड लाग्ने

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले ३ नम्बर प्रदेशको लागि राजधानी प्रस्ताव गरिएका ५ जिल्लाका विशेषताको बारेमा प्रमुख समाचार बनाएर छापेको छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले मकवानपुर, भक्तपुर, काभ्रे, नुवाकोट र चितवनमध्ये एक स्थानलाई राजधानी बनाउन सकिने...बाँकी