पत्र पत्रिकावाट

कडा मुलुकी ऐन, दाइजो मागे पाँचवर्ष कैद

भदौ १ गतेदेखि मुलुकी अपराध संहिता ऐनलगायत ६वटा नयाँ काुनन लागू हुँदैछन् । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिष्थापन गर्ने यी ऐनमा सामाजिक सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ । सार्वजनिक सेवा सञ्चालन, सामाजिक तथा पारिवारिक सम्बन्ध, साम्प्रदायिक सद्भाव, मानवीय शिष्टाचारलगायतका क्षेत्रका विसंगतीलाई सरकार कडा कानुनी व्यवस्थाद्धारा...बाँकी

२८ वर्षीय बिरामी दमकल, कसरी निभाओस् आगो ?

२०४७ सालमा ल्याइएको हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरिरहेको वारुण यन्त्र आफैं बिरामी परेको छ । नगर र आसपासमा हुने आगलागीका घटनामा दमकल प्राय साक्षी मात्रै रहने गरेको छ । सानातिना आगलागीमा हाल प्रयोगमा रहेको दमकलले नियन्त्रणमा लिन सक्ने अवस्था रहे पनि दुई तल्लाभन्दा माथिको घरमा चढ्ने भ¥याङसमेतको अभावले दमकलले प्रभावकारी काम...बाँकी

भूकम्पपछिको खुशी, नयाँ घर पाएपछि ‘कछाडे बा’ दंग

स्याउलाले बारेको घर, वर्षातमा तप तप खरको छानोबाट चुहिएको पानी । कछाड बाहेक ज्यानमा अरु कपडा हाल्ने बानी नभएका जगतदेऊ चेपाङ (कछाडे बा) ले वर्षातका अनगिन्ती कष्टकर रातहरु भुलेका छैनन् । तर २०७२ साल वैशाखको भूकम्पले राक्सिराङ गाउँपालिका–७ गाईबाङस्थित झुप्रो घरको पनि पर्खाल भत्काइदिएपछि उनले थप कष्टकर रातहरु बिताउनुप¥यो ।...बाँकी

डेब्यु खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । लिगको दोस्रो खेलका क्रममा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना एमाजोन वारियर्सले २४ बल बाँकी रहँदै ६ विकेटले पराजित गरेको हो । यद्यपि व्यक्तिगतरुपमा भने सन्दीपले क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो जादु...बाँकी

सरकारी सुविधाको लोभमा १५ हजार कर्मचारी बने गरिब !

गरिब पहिचान गरेर सरकारले सुविधा दिन ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी पनि परेका छन् । गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत तहका कर्मचारी नै गरिबको सुचीमा परेका छन् । सरकारी सहुलियतको लोभमा सम्पन्न कर्मचारीहरुले पनि गरिबको सूचीमा नाम समावेश गराएका हुन् । ०७० मा संकलन गरिएको...बाँकी

भक्तपुरका नेवारले यसरी लखेटे भूत

भक्तपुरका नेवार समुदायले बिहीबार घर घराबाट भूत भगएका छन् । साउन कृष्ण चतुर्दसीका दिन बिहीबार धुमधामका साथ गथांमुग (घण्टाकर्ण) पर्व मनाएर घर घर बाट भूत भगाइएको हो । यसको लागि बिहानै घर नजिक रहेको महादेव मन्दिरबाट जलले अभिषेक गर्ने प्रचलन रहेको छ । घर, परिवारलाई भूतप्रेतबाट मुक्त गर्न नेवार समुदायले...बाँकी

भारतसँगको सीमाका पाँचसय स्तम्भ गायब, १२ सय हेक्टर जमिन भारततिर

नेपाल भारत सीमका पाँचसय स्तम्भ हराएको सीमा अध्ययनले देखाएको छ । नापी बिभागले चार वर्ष लगाएर दार्चुलादेखि ताप्लेजुङसम्म गरेको सीमा अध्ययनले यस्तो तथ्याङ्क देखाएको हो । नापी विभाग अन्तर्गत स्थलरुपी तथा भूउपयोग व्यवस्थापन महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाका अनुसार नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका छैनन् । ‘जमिनका थोरै मात्र...बाँकी

राजपथको यात्रा जोखिम

मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथमा यात्रा जोखिमयुक्त बन्दै गएको छ । समयमै मर्मतसम्भार नहुँदा सडकका खाल्डाखुल्डीले आउजाउ गर्न कठिन छ । विभिन्न ठाउँमा सडक भासिएका छन् । धेरै ठाउँमा साना सवारीका टायर नै पुरिने खाल्डा छन् । पिचको नामनिसानै छैन ।‘जेठो राजमार्ग सरकारको बेवास्ताले जीर्ण बन्दै गएको छ,’ थाहा नगरपालिकावासी अच्यूतम ढकालले भने, ‘राजधानी प्रवेश...बाँकी