पत्र पत्रिकावाट

औषधिमा ५०प्रतिशत छुट्, अस्पताललाई अझै ६ करोड मुनाफा

हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि नबोली अधिकतम मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा पाइन्छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन...बाँकी

प्रदेशमा केन्द्रकै थप खटनपटन

केन्द्र सरकारले प्रदेश सरकारमातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैंसँग राखेको छ। कर्मचारी खटनपटनलाई लिएर प्रदेश सरकारको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले प्रदेशलाई उपसचिवसम्मका कर्मचारीको मात्रै सरुवा अधिकार दिने निर्णय गरेको हो । केन्द्रको निर्णयका कारण प्रदेश सरकारहरूले आफ्नै मन्त्रालयका सचिवसमेत हेरफेर गर्न पाउने छैनन् । प्रदेशका...बाँकी

कसुर गरे अब क्षतिपूर्ति भराइने

फौजदारी अपराधपीडितले अब क्षतिपूर्ति पाउने भएक छन् । यस्तो क्षतिपूर्ति अदालतबाट अपराधमा संलग्न ठहरिएको व्यक्ति वा राज्यले दिनुपर्नेछ । अपराधपीडितको हक कार्यान्वयन गर्न बनाइएको विधेयकमा क्षति मूल्यांकनका आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको हो ।संसदमा आइतबार पेश गर्न लागिएको उक्त विधेयकम फौजदारी अपराधबाट अंगभंग भए, शारीरिक वा मानसिक स्वास्थ्यमा असर परे,...बाँकी

प्रदेशको मुख ताक्दा बासुदेव सभागृह निर्माण अलपत्र

निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हेटौंडाको बासुदेव सभागृहको कामले अझै केही समय निरन्तरता नपाउने देखिएको छ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएसँगै निर्माणाधीन सभागृहलाई प्रदेशसभा हल बनाउने चर्चा चलेको थियो । सोही चर्चा सँगै हेटौंडा उपमहाागरपालिकाले निर्माणमा हात झिकेपछि अझै अलपत्र हुने हो...बाँकी

गाउँगाउँमा दलालको सञ्जाल, तीन वर्षमा बेचिए २२ युवती

बेच्ने उद्देश्यले मानव ओसारपसार रोकथामका लागि सञ्चालित गैरसरकारी संस्थाको ध्यान मकवानपुरमा केन्द्रित भइरहेको बेला जिल्लामा चेलीबेटी बेचबिखनको घटना भने कम हुन सकेको छैन । ललाई फकाई भारतमा पु¥याई यहाँका चेलीहरु बेचिन थालेको प्रमाण भेटिन थालेका छन् । वैदेशिक रोजगारीको लागि भन्दै गएका चेलीहरु फर्किएर बेचिएको भन्दै धमाधम उजुरी दिन थालेपछि...बाँकी

नेकपामा यसरी हुँदै छ एकता र नेतृत्व व्यवस्थापन

पूर्वएमाले चारवटा र पूर्वमाओवादीले तीनवटा प्रदेश कमिटीको नेतृत्व लिने अनौपचारिक सहमति भएको छ । १, ३, कर्णाली र ७ प्रदेशको अध्यक्ष पूर्वएमाले र २, गण्डकी र ५ प्रदेशको अध्यक्ष पूर्वमाओवादीको भागमा पर्ने एक सचिवालय सदस्यले बताए । यद्यपि, प्रदेश संगठन कमिटीमा स्थायी समिति तहका नेताहरूलाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिइने...बाँकी

सुशीलालाई लोकमानले १० करोड ‘गोडधुवा’ दिन लागको खुलासा

काठमाडौं अख्तिायार दुरुपयोग अनुसन्धान आयेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूहरुविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक विमान विद्रोह मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो । ‘टोलीमा आएको एकजनाले मलाई...बाँकी

मकवानपुरका पुर्जाबिहीन जग्गाधनी

उमेरले डाडो काटिसक्दा पनि उनको हातमा जग्गाधनी पुर्जा हात परेको छैन । उनका बाबुबाजे पनि लालपूर्जा नपाइकनै बिते । लालपूर्जा हातमा नपरी आफू पनि बित्ने हो कि भन्ने पीरले बकैया गाउँपालिका–२ साविकको धियाँल ३ का ७९ वर्षीय सेते दोङ चिन्ता लिन थालेका छन् । उमेर जति उकालो लाग्दै जान्छ उतिकै...बाँकी