पत्र पत्रिकावाट

एनसेलसँग कर असुल्न नयाँ प्रक्रिया

सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ...बाँकी

चोरीको आरोपमा प्रहरीले निर्घात कुट्यो निर्दोषलाई

सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन् । चोरीको आशंकामा पक्राउ गरी रातभर कुटपिट गरेपछि प्रहरीले निर्दोष भन्दै भोलिपल्ट बिहान ती युवकलाई अभिभावकको जिम्मा लगाएको छ । सर्लाहीको हरिवन नगरपालिका ८ चापिनी निवासी २२ बर्षीय विशाल नेपालीलाई प्रहरीले यसरी पिटेको हो ।...बाँकी

स्थानीय पत्रपत्रिकाः सरकारको भूमिकाप्रति सांसद रुष्ट, हेउमनपाको पारिश्रमिक र सेवा सुविधामा ९ करोड

आजका स्थानीय पत्रपत्रिकाले ३ नम्बर प्रदेशसभा मंगलबार भएको गतिविधिको समाचारलाई प्रमुखताका साथ छापेका छन् । ाजको हेटौंडा सन्देश दैनिकमा सत्तापक्षबाटै सरकारको आलोचना भएको खबर छापेको छ । सरकारको भूमिकाप्रति प्रदेशसभा सदस्यहरु असन्तुष्ट देखिएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा सत्तापक्ष र विपक्षी दुबै तर्फका सांसदले जनतालाई छुनेगरी काम गर्न नसकेको भन्दै...बाँकी

गाँजा विस्थापनमा ग्राभिटी रोपवे

मकवानपुरको ग्रामीण क्षेत्रमा ग्राभिटी रोपवे सञ्चलनमा आएसँगै गाँजा खेती करिब करिब विस्थापन भएको छ । अर्को विकल्प नभएका किसान जिविकोपार्जनको लागि गाँजा खेती गर्थे । जब आफ्नो उत्पादनले बजार पाउन थालेपछि स्थानीयले गाँजा खेती चटक्कै छाडे । अहिले उनीहरुको पाखा तरकारीले ढाकेको छ । उनीहरु भन्छन् –‘इज्जतले खेती गर्न पाइन्छ...बाँकी

पत्नीलाई जबर्जस्ती गरे ५ वर्ष जेल

भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ। पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ। नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल...बाँकी

पत्रकारमाथि पेसागत जोखिम

मुलुकी अपराध संहिता ऐनमा भएको केही व्यवस्थाले पत्रकरमाथि समेत पेशागत जोखिम बढ्ने देखिएको समाचार आजको कान्तिपुरले छापेको छ। वैयक्तिक गोपनीयता, गाली बेइज्जतीसम्बन्धी व्यवस्थालगायत विषयमा पत्रकारसमेत पेशागत कामकारबाीका सिलसिलामा जोडिने जोखिम बढेको हो । संहिताको भाग ३ परिच्छेद १ मा अनुमतिबेगर कसैको तस्विर खिच्न नहुने व्यवस्था गरिएको छ । तर फोटो पत्रकारका...बाँकी

जग्गा किन्न किन अनुदान लिनै चाहेनन् भूकम्पपीडितले !

भूमिहीन भूकम्पपीडित लाभग्राहीलाई जग्गा खरिदको लागि सरकारले दुईलाख रुपियाँ अनुदान दिने भने पनि मकवानपुरकाका भूमिहीन लाभग्राहीले भने त्यतातर्फ चासो देखाएका छैनन् । मकवानपुरमा करिब ४ हजार दुई सय लालपूर्जाबिहीन भूकम्पपीडित परिवार भएको अनुमान गरिए पनि असार मसान्तसम्ममा जम्मा ९७ परिवारले मात्र जग्गा खरिदको लागि निवेदन दिएको जिल्ला आयोजना कार्यान्वयन ईकाईले...बाँकी

उपसचिवमाथि आक्रमण, मन्त्रालय तोडफोड

देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ...बाँकी