राजनीति

प्रदेशस्तरमा पहिलोपटक आदिवासी दिवस मनाईदै

२४ औं विश्व आदिवासी दिवस प्रदेश नम्बर तीनको राजधानी हेटौंडामा बिबिध कार्यक्रम गरि मनाईने भएको छ । प्रदेश ३ को राजधानी हेटौंडासँगै जिल्ला सदरमुकामहरुमा बिशेष कार्यक्रम गरि दिवस मनाउन लागिएको सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । नेपाल आदिवासी जनजाति महासंघका प्रदेश ३ (नेवाःताम्सालिङ)ले सोमबार हेटौंडामा पत्रकार सम्मेलन...बाँकी

हेर्नुहोस् यी कार्यालय अब प्रदेश मातहतमा रहनेछन्

 सरकारले प्रदेशमा जाने सरकारी कार्यालय संख्या टुंगो लगाएको छ। सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेअनुसार अन्तिम टुंगो लगाएको हो। संघीय सरकारको मातहतमा रहँदै आएका सवारीचालक अनुमति कार्यालय (लाइसेन्स वितरण गर्ने कार्यालय), काठमाडौं बाहिर रहेका संग्राहलय, बाख्रा विकास, मत्स्य विकास, भेटनरी, कुखुरा फर्म, बिउ बिजन प्रयोगशाला, माटो...बाँकी

३ नम्बर प्रदेशको प्रदेशसभा साउन अन्तिम साता, मकवानपुरका २६ सय बालबालिका अझै विद्यालय बाहिर

आफ्ना माग पूरा नभए संसद चल्न नदिने प्रमुख विपक्षी काँग्रेसको कारण साउन ४ गतेबाट स्थगित प्रदेश ३ को बैठक साउन अन्तिम साता बस्ने भएको छ । वर्षा र पहिरोको कारण हेटौंडा आउन असहज भएको र विधेयकहरु पनि तयार भइनसकेकोले बैठक केही पर धकेलिएको थियो । सभामुख सानुकुमार श्रेष्ठले बैठक अन्तिम...बाँकी

प्रदेशअन्तर्गत रहने कार्यालयको टुङ्गो लाग्यो

सरकारले प्रदेशमा जाने सरकारी कार्यालय संख्या टुंगो लगाएको छ। सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन ओएनएम सर्भेअनुसार अन्तिम टुंगो लगाएको हो । संघीय सरकारको मातहतमा रहँदै आएका सवारीचालक अनुमति कार्यालय लाइसेन्स वितरण गर्ने कार्यालय, काठमाडौं बाहिर रहेका संग्राहलय, बाख्रा विकास, मत्स्य विकास, भेटनरी, कुखुरा फर्म, बिउ बिजन प्रयोगशाला,...बाँकी

कामु प्रधानन्यायाधीशको जिम्मेवारी ओमप्रकाश मिश्रले सम्हाले

सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधिशको जिम्मेवारी वरिष्ठ न्यायाधिश ओमप्रकाश मिश्रले सम्हालेका छन्। कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी आईतबारबाट विदामा बसेपछि दोस्रो वरियतामा रहेकावरिष्ठ न्यायाधिश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हालेका हुन्। प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकाय प्रधानन्यायाधिश जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेपछि आईतबारबाट विदामा बसेका थिए। जोशीको सोही जिम्मेवारी वरिष्ठ न्यायाधीश मिश्रले...बाँकी

मकवानपुरमा भूमिगत हुँदा प्रचण्ड बसेको ठाउँ बन्यो यस्तो

दुई दशकदेखि नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई राष्ट्रिय राजनीतिमा सार्वजनिक हुनुअघिको ‘सेल्टर’ यतिखेर सुनसान छ। ४८ बिगाह क्षेत्रमा फैलिएको आँपघारीको त्यो सेल्टरमा साँझपख झ्याउँकिरी बासेको मात्र सुनिन्छ। जनमुक्ति सेनाले खनेका सुरूङमा पानी जमेको छ। दक्षिणको चकरी खोलामा आउने वर्षातको भेल आकाशे पानी रोकिएसँगै सुस्ताउन...बाँकी

कांग्रेस स्याङजाका सभापति पंगेनीको निधन, देउवासहित शीर्ष नेता स्याङ्जा जाँदै

नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उनको निधन भएको हो । नेपाली कांग्रेस स्याङ्जाको तीन कार्यकालसम्म सभापति बनेका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा...बाँकी

सरकारी वकिलको संवैधानिक कानुनमा विशिष्टिकरणसम्बन्धि प्रशिक्षण सुरु

सरकारी वकिलहरुका लागि संवैधानिक कानुनमा विशिष्टिकरणसम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। संवैधानिक कानुनको विषयबस्तुमा विशिष्ट सेवा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले आईतबारबाट सरकारी वकीलहरुका लागि विशिष्टिकरणसम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु गरेको हो। ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले सरकारी वकीलहरुलाई विषयबस्तुमा विशिष्टिकृत गराउन प्रशिक्षण कार्यक्रमको सुरुवात गरिएको स्पष्ट...बाँकी