राजनीति

काँग्रेस सरकारको निर्णय उल्ट्याएकोमा प्रदेशसभामा आक्रोश

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको नियुक्तिलाई वर्तमान सरकारले उल्ट्याएको भन्दै ३ नम्बर प्रदेशसभामा नेपाली काँग्रेसले आक्रोश पोखेको छ । ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले संघीय सरकार र प्रदेश सरकार अधिनायकवादी बाटोमा अगाडि बढेको आरोप लगाएका छन् । ३ नम्बर प्रदेश सभाको बैठकमा विहीबार विशेष समय लिएर...बाँकी

सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई आमन्त्रण गरेको काँग्रेसको ठहर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ १४ गतेपछि (निर्वाचन आचारसंहिता लागू भएपछि) वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र...बाँकी

प्रदेश तीनकी प्रमुख कोइरालाको पद धरापमा

सरकारले सात प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेसँगै प्रदेश तीनकी प्रदेश प्रमुख अनुराधा कोइरालाको पद पनि धरापमा परेको छ । एक गैर सरकारी संस्था माइती नेपालीकी संचालिका रहेकी कोइरालालाई पूर्ववर्ती देउवा सरकारले प्रदेश तीनका लागि तोकेको थियो । काँग्रेस निकट तर स्वच्छ छवीकी मानिने कोइरालालाई पनि हटाउने र नयाँ प्रदेश प्रमुख...बाँकी

मन्त्रिपरिषद् निर्णयले दर्जनौंको पद धरापमा

गत भदौपछि राजनीतिक नियुक्ति पाएका दर्जनाैंको जागिर जाने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता मिचेर गरिएका नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै उनीहरुको नियुक्ति खारेज हुने भएको हो । वाम गठबन्धनले बहुमत हासिल गरेपछि पनि कामचलाउ बनेको देउवा नेतृत्वको सरकारले अन्धाधुन्ध राजनीतिक नियुक्ति...बाँकी

मनहरीमा नमुना युवा संसद शुरु

पश्चिम मकवानपुरको मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम आज(बुधबार)देखि शुरु भएको छ । तीन दिने कार्यक्रमको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बुधबार मनहरीमा उद्घाटन गरे । उद्घाटन कार्यक्रम मनहरी गाउँपालिकाका अध्यक्ष उप्रेतीको प्रमुख आतिथ्य तथा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको थियो । युवा तथा...बाँकी

डा केसीको अभियानमा सघाउन काँग्रेसले तीन नेता जुम्ला पठाउने

जुम्लामा अनशनरत प्राध्यापक डा. गोबिन्द केसीलाई समर्थन जनाउन नेपाली काँग्रेसले तीन जना नेता जुम्लामा पठाउने भएको छ । केसीको अभियानलाई समर्थन गर्न तथा उनको स्वास्थ्य अवस्था बुझ्न आफ्ना तीन नेतालाई जुम्ला पठाउने काँग्रेले निर्णय गरेको हो । कांग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँणले जुम्ला जाने सांसद तथा नेताहरुको नाम बुधबारै...बाँकी

सभामुख श्रेष्ठले उद्घाटन गरे काँग्रेसको कार्यालय

देशसभाको प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालय बुधबार उद्घाटन गरिएको छ । ३ नम्बर प्रदेशसभा सभामुख सानु कुमार श्रेष्ठले रिवन काटेर नेपाली कांग्रेस संसदीय दलको कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशसभाले प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई...बाँकी

सचिवालय बैठकबाट स्थायी समितिको कार्यसूची तय

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । भर्खरै सम्पन्न प्रधानमन्त्री ओलीको चीन भ्रमण,...बाँकी