प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पाँच वर्षभित्र मुलुुकको परिवर्तन गर्ने बताउनुभएको छ । भण्डारी मेमोरियल कलेजको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताले अनुभूति गर्ने खालेका काम गरी पाँच वर्षभित्र मुलुकको विकास गर्ने बताउनुभएको हो । नयाँ गतिका साथ विकास निर्माण गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पौडेलले...बाँकी
गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै उहाँले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत जानकारी आउने सदनलाई अवगत गराउनुभएको हो ।...बाँकी
सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापाले सो मन्त्रालयमाथि सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ दिँदै सडक बालबालिको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिइएको बताउनुभयो । ज्येष्ठ...बाँकी
नेपाल पत्रकार महासंघले प्रस्तावित ‘आमसञ्चारमाध्यमसम्बन्धी विधेयक, २०७५’को मस्यौदामाथि सुझाव दिन आमसञ्चारसँग सम्बन्धित संस्था, सञ्चारकर्मी एवं सरोकार निकायसँग आग्रह गरेको छ । संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने हकलाई सुनिश्चित गर्दै स्वतन्त्र, पारदर्शी र व्यावसायिक आमसञ्चारमाध्यमको दिगो विकास गर्न महासंघले विधेयकको मस्यौदा गरेको छ । मस्यौदा तयारीका...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण समृद्ध नेपाल निर्माणका लागि सहयोगी बनेको बताएका छन्। असार ५ देखि १० गतेसम्म मित्रराष्ट्र चीनको भ्रमण गरेका प्रधानमन्त्रीले स्वदेश फर्केको तेस्रो दिन प्रतिनिधिसभालाई आफ्नो भ्रमणका उपलब्धिबारे जानकारी गराएका हुन्। मंगलबार बिहान बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा मुलुकको विकासको प्रयासमात्र पर्याप्त...बाँकी
पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेकपा अध्यक्ष प्रचण्ड अझै केही दिन उतै रहने भएका छन् । प्रचण्डपुत्री गंगा दाहाल भने आइतबार साँझ स्वदेश फर्किएकी छिन् । उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल लगायतका समस्याबाट पीडित सीताको गतसातादेखि सिंगापुरमा उपचार भइरहेको छ । पत्नी सीताको उपचारका लागि प्रचण्ड गत असार...बाँकी
मकवानपुरको उत्तर–पश्चिमका २ गाउँपालिकाका जनप्रतिनिधि विकट चेपाङ बस्तीलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्न कस्सिएका छन् । राक्सिराङ गाउँपालिकाले चालु आवमा करिब ८० किलोमिटर कच्ची सडक निर्माण गरेको छ ।झन्डै दुई दर्जन एक्साभेटर लगाएर जिल्लाको अत्यन्त विकट साबिकको खैराङ गाविसमा मोटरबाटो पुर्याएको हो । ‘वर्षैभरि मोटर चल्ने गरी सडक निर्माण गरिरहेका छौं,’ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले...बाँकी