राजनीति

उच्च अदालत हेटौंडाको परमादेशः प्रदेश राजधानीको बिषयमा संसदमा छलफल नगर्नु (आदेश पत्र सहित)

प्रदेश नम्बर तीनको स्थायी राजधानीको बिषयमा अब प्रदेश सभामा छलफल गर्न नपाइने भउको छ । उच्च अदालत हेटौंडाले बिहीबार अन्तरिम आदेश जारी गर्दै नेपालको संविधानको धारा १९१ मा बहसमा बन्देज नेपालको कुनै अदालतमा बिचाराधिन मुद्दाका सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने बिषय तथा न्यायधिशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको...बाँकी

गैंडा उपहारले चीनसँगको सम्बन्ध थप प्रगाढ : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताउनुभएको छ । नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा उहाँले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको...बाँकी

राक्सिराङ ३ सरिखेतमा सार्वजनिक सुनुवाई : सडक निर्माणलाई प्राथमिकता

मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिका–३ सरिखेतमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । राक्सिराङ गाउँपालिकाले १,२,३ (साविकको सरिखेत) र ४ र ५ (साविकको राक्सिराङ गाविस) नम्बर वडालाई समेटेर गरेको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा त्यस क्षेत्रका उपभोक्ता समिति, बिभिन्न टोल विकास, राजनीतिक दल, महिला समुहका प्रतिनिधिहरु र अन्य सरोकारवालाको सहभागिता...बाँकी

एकाधिकार फर्काउने कुरा अब सम्भव छैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताउनुभयो...बाँकी

प्रदेश तीनको राजधानी  :  मुकुन्दसेनको राज्यमा किन हुन्न ?

नेपाल अधिराज्यको एकीकरण पूर्व मुकुन्दपुर राज्यको रुपमा प्रसिद्ध हालको मकवानपुर जिल्ला तथा यस आपसका क्षेत्रमा सेनवंशका मुकुन्दसेन राजाले लामो समयसम्म राज्य गरेका थिए । मुकुन्दपुर नामबाट अपभसं हुँदै पछि मकवानपुर रहन गएको यस जिल्ला राष्ट्र निर्माताको ससुराली राज्यको रुपमा पनि ऐतिहासिक नाता रहेको थियो । यँहा रहेका चिसापानीगढी र मकवानपुरगढी...बाँकी

प्रदेश तीनको राजधानीका लागि प्रतिवेदन बुझाइयो

प्रदेश नम्बर ३ को राजधानीको स्थानको विषयमा अध्ययन गर्न बनेको समितिले मंगलबार प्रदेशसभालाई लिखित प्रतिवेदन बुझाएको छ । समितिले प्रतिवेदन पाँचबजे सभामुख सानुकुमार श्रेष्टलाई बुझाएको हो । समितिका सभापति दीपक निरौलाले श्रेष्ठलाई प्रतिवेदन बुझाएका हुन् । १२ जिल्लाबाट आएको सुझावको आधारमा जिल्ला तोकेर राजधानीको विषयमा आफूहरुले प्रतिवेदनमा उल्लेख गर्ने भन्दै...बाँकी

प्रतिपक्षीले कमजोर त्यान्द्रो समाएको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई आझेलमा पार्न अनेकन प्रयास भएको बताउनुभयो । “निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा...बाँकी

संसदीय सुनुवाई समिति गठन

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिले ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको संसद्लाई जानकारी दिनुभएको छ । राष्ट्रपतिले ‘संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्वन्धी विधेयक, २०७५’ र ‘राष्ट्रिय सभा निर्वाचन...बाँकी