राजनीति

सात विधेयक संसद्मा पेश गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले विभिन्न विषयका सात विधेयक संघीय ससंद्मा पेश गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक र भुक्तानी तथा फछ्र्योट विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले...बाँकी

काँग्रेस ‘कमजोर प्रतिपक्षी’

सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्‌मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेको छ । अहिले मुलुकमा दुई तिहाइ बहुमतप्राप्त वामपन्थी नेतृत्वको सरकार छ । चुनावअघि कम्युनिस्टले जिते अधिनायकवाद आउँछ भन्ने नारा लगाएको...बाँकी

वरिष्ठ न्यायाधीश मिश्रले पेशी तोक्ने

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्नुहुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उहाँ बिदामा बस्नुहुने भएकाले वरिष्ठत्म न्यायाधीश मिश्रले आइतबारदेखि पेशी तोक्ने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार आइतबारदेखि वरिष्ठत्म न्यायाधीश मिश्रले...बाँकी

मोदी फेरि नेपाल आउने

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गरी नेपालस्थित भारतीय दूतावास तयारीमा जुटेको स्रोतले...बाँकी

जोशीले भने : अन्यायमा परें

 सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफूमाथि अन्याय भएको भन्दै आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न सरकारसँग माग गरेका छन् । आधिकारीक निकायको अध्ययन विना नै आफ्ना प्रमाणपत्रका विषयमा संसदीय सुनुवाई विशेष समितिले धारणा बनाउँदा आफुलाई असाध्यै अन्याय भएको उनको भनाई छ । संसदीय सुनुवाइ समितिले इतिहासमै शुक्रबार पहिलोपटक प्रधानन्यायाधीशका...बाँकी

सरकारी कर्मचारीको पोशाक भत्ता बढ्यो, अरू के के छन् मन्त्रिपरिषद्का निर्णयहरू

सरकारले राष्ट्रसेवक कर्मचारीको विमांकन वृद्धि गर्नुको साथै पोशाक भत्ता ७ हजार ५ सयबाट १० हजार पुर्‍याएको छ । शुक्रबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यस्तै समाज कल्याण परिषद्‌मा भएको भ्रष्टाचारको छानबिन गर्ने भएको छ । परिषद भित्र भएको भनिएको भ्रष्टाचार छानबिनका लागि...बाँकी

समन्वय समितिको काम कर्तव्य तोक्न माग

३ नम्बर प्रदेशको जिल्ला समन्वय समिति महासंघले जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकार केन्द्रीस्य सरकारले नतोकेको भन्दै गुनासो गरेका छन् । जिल्ला समनव्य समितिका उपप्रमुख र सदस्यहरुको मर्यादाक्रमसमेत नतोकिएको भन्दै महांसंघको शुक्रबार हेटौंडामा भएको बैठकमा सहभागीले आपत्ति जनाएका हुन् । समृद्ध समाज दैनिकमा खबर छापिएको छ । कार्यक्रममा सहभागी...बाँकी

एकैपटक २१ जना सहसचिवको काज सरुवा

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना सहसचिवको काज सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि सहसचिव सरुवा गरिएको हो । सामान्य प्रशासनका अनुसार अर्थ मन्त्रालय र मातहतका निकायबाट ४ सहसचिव बाहिरिएका छन् । यो सरुवाबाट अर्थ मन्त्रालयमा कसैलाई पनि भित्र्याइएको छैन ।...बाँकी