हेटौंडा–काठमाडौं छोटो दुरीको मार्गअन्तर्गत् सिस्नेरीमा सडक विस्तारको क्रममा निस्किएको ढुङ्गा जनप्रतिनिधिको मिलेमतोमा नजिकैको क्रसर उद्योगमा धमाधम लैजान थालिएपछि स्थानीयले त्यसको विरोध गरेका छन् । इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरी ज्यामिरेडाँडामा सडक विस्तारको क्रममा निस्किएको ढुङ्गा स्थानीय जनप्रतिनिधि, ठेकेदार कम्पनी, स्थानीय प्रशासन र क्रसर उद्योगको साँठगाँठमा क्रसर उद्योगलाई विक्री भएसँगै स्थानीयले त्यसको विरोध...बाँकी
चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन्। नेकपा नेतृत्वको सरकारले डा. केसीका माग सम्बोधनमा बेवास्ता गरिरहेका बेला सोही दलका शीर्ष स्तरका नेताले माग जायज भएको प्रतिक्रिया दिएका हुन्। चिकित्सा शिक्षासम्बन्धी केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुसार पूर्ववर्ती सरकारले ल्याएको चिकित्सा...बाँकी
कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको...बाँकी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन्। बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीहरूबारे आपत्तिजनक अभिव्यक्तिका कारण आलोचित भएका मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो। सचिवालय बैठकको निर्देशनअनुसार तामाङले दिउसो २ बजे पत्रकार सम्मेलन गरी पद त्याग्न लागेको सरकार तथा नेकपा...बाँकी
प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसी राजनीतिक स्वार्थको सिकार बनिरहेको आरोप लगाएका छन् । डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्याइरहेको उनीहरूले बताए । ‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ तर यहाँ यस्तो हुन सकिरहेको छैन । तैपनि हामी भनिराखेका छौं,...बाँकी
युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शाताब्यापी कार्यक्रम अन्र्तगतको तेश्रोदिन मनहरी गाउँपालिका १ मकरीमा सोमबार काँग्रेसको वडा कार्यालय उद्घाटन तथा बृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस मनहरी गाउँपालिकाका नेता तुलाप्रसाद पाण्डेको सभाध्यक्षता, नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश...बाँकी
प्रदेश सरकार बनेको ५ महिना बितिसक्दा पनि अत्यावश्यक कानुन निर्माण हुन नसक्दा सरकार सञ्चालनमा समस्या भएको छ। सरकार सञ्चालनका लागि आवश्यक करिब तीन दर्जन कानुन द्रुतमार्गबाट तीन महिनाभित्र निर्माण गर्ने लक्ष्य राखेको प्रदेश सरकारले यो अवधिमा जम्मा ११ वटा मात्र कानुन निर्माण गरेको हो। तीमध्ये नौ वटा कानुन राजपत्रमा प्रकाशन...बाँकी
कानुनमन्त्री शेरबहादुर तामाङले आफुले केहि दिनअघि बङलादेशमा अध्ययनरत नेपाली छात्राहरुको विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कानुनमन्त्री तामाङले आफुले साउन ४ गते एक विद्यालयमा दिएको अभिव्यक्तिले बङलादेशमा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्राहरुमा पर्न गएको चोट प्रति माफी मागेका हुन् । आफुले बङलादेशमा अध्ययन गर्न...बाँकी