राजनीति

पार्टी एकता अन्तिम चरणमा प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले नेकपा एमालेसँगको पार्टी एकता अन्तिम चरणमा रहेको बताएका छन् । बुधबार बिहान हेटौंडा ४ स्थित नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘लेलिन जयन्ती अघि नै पार्टी एकता हुन्छ ।’ लेलिन दिवसको अवसर पारेर २२ अप्रिलमा...बाँकी

बिरामी नेता भेटेपछि प्रचण्डले भने,हेटौंडा राजधानी हुँदा म खुशी छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले तीन नम्बर प्रदेशको राजधानी हेटौंडा हुँदा आफु खुशी भएको बताएका छन् । हेटौंडा अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्र मकवानपुरका नेता रामकृष्ण श्रेष्ठलाई भेट गरेपछि मंगलबार साँझ पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘हेटौंडा राजधानी हुँदा म खुशी नै छु ।’ क्यान्सर पीडित...बाँकी

सुविधा सम्बन्धी निर्णयले जिल्ला समन्वय समितिको बैठक प्रभावित

जनप्रतिनिधिलाई सेवा सुविधा दिने बिषयमा प्रदेश सरकारले गरेको निर्णयले जिल्ला समन्वय समिति मकवानपुरको नियमित बैठक प्रभावित भएको छ । एकै प्रणालीबाट बिजयी भएका जनप्रतिनिधिहरुलाई केही दिन अघि प्रदेश सरकारले विभेद गरी सेवा सुविधा तोकेको भन्दै समन्वय समितिका सदस्यहरुले चित्त दुखाएका थिए । उनीहरुले यो आफ्नो चित्त दुखाई समितिका प्रमुख रघुनाथ...बाँकी

राष्ट्रिय सभाको उपाध्यक्षमा दाहाल निर्वाचित

 काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् ।संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् ।उनी माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन्...बाँकी

पदमुक्त गरिएपछि प्रधान न्यायाधीशले भेटे राष्ट्रपति

पदमुक्त गरिएपछि बिवादमा परेका प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका छन् । बिहीबार बिहान शीतल निवास पुगेर पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजिनामा दिने संकेत गरेको स्रोतले बताएको छ । न्यायालयमा देखिएको पछिल्लो विवाद सम्बन्धमा छलफल गरेका पराजुलीले आफुले राजिनामा दिनु अघि बुधबार न्यायपरिषदले आफुलाई पदमुक्त गरेको पत्र खारेज गर्नु...बाँकी

कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले गर्‍यो १० निर्णय

 कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ । मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले १० वटा निर्णय गरेको हो, जसमा सार्वजनिक लिखतको प्रमाणीकरण २०७४ को पहिलो संशोधन, प्रदेश सरकारको कार्य सञ्चालन नियमावली, २०७४ को पहिलो संशोधन, प्रदेश सरकारको कार्य विभाजन नियमावली, २०७४ को पहिलो संशोधनको निर्णय गरिएको...बाँकी

राप्रपाले प्रमलाई मत दिने, फोरमले आइतबार निर्णय लिने

 राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा समर्थन गर्ने भनिएको छ । सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिका लागि पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको...बाँकी

पोरखाका जनप्रतिनिधिलाई प्रशिक्षण

नेपाली काँग्रेस कास्कीले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आज प्रशिक्षण दिएको छ । प्रशिक्षणमा जिल्लामा निर्वाचित गाउँपालिकाका अध्यक्षसहित वडाध्यक्ष तथा सदस्य गरी १२० जनाको सहभागिता रहेको पार्टीका जिल्ला सदस्य एवं प्रचार विभाग प्रमुख नवीन सिग्देलले जानकारी दिनुभयो। प्रशिक्षणमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले स्थानीय तहको बजेट...बाँकी