समाज

प्रदेश सांसदले बाँदर नियन्त्रणका लागि १० लाख दिने

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले बाँदर नियन्त्रणका लागि १० लाख दिने आश्वासन दिएका छन् । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाँदर नियन्त्रणका लागि १० लाख दिने आश्वासन दिएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० गण्डकीले अन्नपूर्ण गाउँपालिकामा गरेको एक कार्यक्रममा पहारीले यस्तो आश्वासन दिएका हुन् ।...बाँकी

धरानमा गोली चल्यो , एक घाईते

सुनसरीको धरानमा आइतबार दिउँसो गोली चलेको छ। एउटा माइक्रो फाइनान्स कम्पनीको पैसा लुट्न आएको लुटेरा समूहले गोली चलाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए। ‘मोटरसाइकलमा आएको तीन जनाको समूहले माइक्रो फाइनान्सको सुरक्षा गार्डलाई गोली हानेको भन्ने छ, घाइतेको पेटमा गोली लागेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ,’...बाँकी

करणी गर्ने हेटौंडाका प्रविनलाई नौ वर्ष छ महिना कैद

 बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महिना कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । दोषीबाट पीडितलाई ५० हजार क्षतिपूर्ति...बाँकी

प्रहरीद्वारा साइबर बुलिङ नगर्न सुझाव

पछिल्लो समय फुर्सद मिल्नासाथ कम्प्युटर, ट्याब र मोबाइलमा झुन्डिने विद्यार्थीको संख्या बढ्दो छ। यस्ता साधनमार्फत आफ्ना साथीभाइ र भाइबहिनीलाई जिस्क्याउने क्रम पनि बढिरहेको छ। यस्ता साइबर बुलिङका घटनाले गर्दा धेरै विद्यार्थीमा नकारात्मक असर परेको पाइन्छ। साथीभाइले जिस्क्याउँछन् भनेर विद्यालय जान नमान्ने, आफ्ना कुरा राख्न डराउने, तनावमा रहने लगायतका समस्या उनीहरूमा...बाँकी

सुतेकै ठाउँमा मृत्यु, हेटौंडाबाट कुकुर सहितको टोली घटना स्थलमा

कालिका नगरपालिकामा एक व्यक्ति सुतेकै स्थानमा मृत फेला परेका छन् । कालिका १ डडुवाका ४८ वर्षीय कुमार श्रेष्ठ आफ्नै घरमा सुतेको अवस्थामा मृत भेटिएका हुन्। उनको मृत्यु शंकास्पद देखिएकाले अहिले प्रहरीले घटनस्थललाई सिल गरेर राखेको छ । अनुसन्धानको लागि गर्नका प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट कुकुर सहितको टोली घटना स्थल तर्फ...बाँकी

आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएको प्रदेश ३ का सांसदलाई आरोप

हेटौंडाः एक जना प्रदेश सांसदले आफ्नी छोरीलाई अर्कै बाबुको छोरी बनाई नागरिकता बनाएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको तथ्य दैनिकीन्युजले फेला पारेको छ । गृह मन्त्रालयमा दर्ता नम्बर ०५–२०१९–एटीआरएचजीक्युको मिति २०७६ जेठ ७ गते गृहमन्त्रालयमा उक्त गुनासो पत्राचार गरिएको हो । धादिङ जिल्ला क्षेत्र नम्बर २ ‘ख’ का प्रदेश सांसद...बाँकी

राईगाँउमा सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा वृद्धि

 मकवानपुरको बाग्मती गाउँपालिकामा निःशुल्क सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको छ । महिला, बालबालिका तथा वातावरण सुधार केन्द्र (ओचिन) मकवानपुरको आयोजना तथा आईपास नेपालको सहयोगमा बिहीबार बाग्मती गाउँपालिकाको राईगाउँमा अवस्थित ‘राई गाउँ स्वास्थ्य चौकी १,२,३’ मा गरिएको सर्वेक्षण अनुसार सुरक्षित गर्भतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको तथ्यांक पाइएको हो...बाँकी

मकवानपुरका १२ वटा सहकारी संस्थाहरु मर्ज हुने

 मकवानपुरमा रहेको १२ वटा महिला बचत तथा ऋण सहकारी संस्थाहरु मर्ज हुने भएका छन् । महिला मिलन, महिला सेवा, आधुनिक महिला जागृती, महिला जागृती, महिला अभियान, महिला एकता, महिला जागरण, महिला आवाज, शुभकामना महिला, महिला जनचेतना, महिला जनशक्ति तथा भुटनदेवी महिला साकोस गरि १२ वटा सहकारी मर्ज हुने भएको हो...बाँकी