समाज

बस दुर्घटनामा परी ४ जना घाईते

 दाङको तुलसीपुरमा बस दुर्घटना भएको छ । तुलसीपुर-६ हात्तीखौवामा बस दुर्घटना भएको हो । तुलसीपुरबाट बिराटनगर जादै गरेको ना५ख २२३४ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दंगीसरण गाउँपालिका-२ का जमुना वली,...बाँकी

दुई युवती भारत लैजादै गर्दा एक युवक पक्राउ

कञ्चनपुरको पुनर्वाससंगै जोडिएको भारतीय भूमिबाट भारतीय सीमा सुरक्षा बलले दुई यवती र एक युवकलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ । प्रहरीका अनुसार युवतीलाई भारतीय सहरतर्फ लगिरहेको अवस्थामा पुनर्बास नगरपालिका ५ का भीमबहादुर बोहरा पक्राउ परेका छन् । उनीसँगै से ६ प २९०३ नम्बरको मोटरसाइकलमा भारत लगिएका सर्लाहीको बागमती...बाँकी

पुर्णीमालाई शैक्षिक सामाग्री

शंखर ज्योती निवावीमा अध्ययनरत छात्रा पूर्णिमा बिकलाई शैक्षिक सामाग्री सहयोग उपलब्ध भएको छ । उनलाई हेटौडाका युवा व्यवसायी बुद्धराज अर्यालले १ बर्षलाई पुग्ने शैक्षिक सामाग्री उपलब्ध गराएका हुन् । कक्षाकै उत्कृष्ठ विद्यार्थी भएको भन्दै उनलाई अर्यालले सहयोग उपलब्ध गराएका हुन् । अर्यालले विद्यालय प्राङ्गण हेटौंडा ११ मै पुगेर शैक्षिक सामाग्री...बाँकी

जथाभावी राखिएको टिकट काउन्टर सात दिनभित्र हटाउने

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलंकी, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो ।   जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि बसेको ट्राफिक प्रहरी...बाँकी

रुघाखोकी प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट औषधि र चिकित्सक

मौसमी रुघाखोकी प्रभावित हुम्लाको ताजाकोट गाउँपालिकामा कर्णाली प्रदेश सरकारले हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाएको छ । आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट दुई फ्लाइटमा औषधि र चिकित्सक पठाइएको सामाजिक विकासमन्त्री दल रावलले बताए । 'संघीय सरकारको समन्वयमा छिट्टै टोली पठाउन सकियो,' हुम्ला सिमकोटमा रहेका उनले भने, 'अब त्यहाँको स्वास्थ्य समस्या छिट्टै समाधान हुन्छ...बाँकी

मदिरा व्यवसायी संघको अध्यक्षमा पौडेल

हेटौंडा : जिल्लामा रहेर मदिराजन्य पदार्थको कारोवारमा रहेका व्यवसायीहरुको संस्था मदिरा व्यवसायी संघको अध्यक्षमा सर्वेन्द्र पौडेल निर्वाचित भएका छन् । हेटौंडामा आज भएको संघको ७ औं बार्षिक साधारणसभा तथा तेश्रो अधिवेसनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय समिती सर्बसम्मत चयन गरेको हो । तिनबर्षे कार्यकालका लागि उनीसँगै संघको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महासचिव...बाँकी

आफ्नै श्रीमतीमाथि आगो लगाई हत्या गर्न खोज्ने पति फरार

कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई श्रीमाणले आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् । उनका पति चेतन मण्डल अहिले फरार रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान भान्छामा काम गरिरहेकी कञ्चनलाई आगो लगाएर उनी फरार भएको अनुमान प्रहरीले गरेको छ । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ...बाँकी

रुखबाट खसेर एक युवकको मृत्यु

पर्साको पर्सागढीमा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-२९ बसडिल्वा बस्ने २७ वर्षीय सुरेश हजराको मृत्यु भएको हो । पर्सागढी नगरपालिका(३ हात्तीवन जंगलमा दाउरा लिन तीनजना साथीसहित जंगल गएकोमा रुखबाट खसेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हजराको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको...बाँकी