विश्व

गुफामा थुनिएका सबैजनाको उद्धार

 थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका...बाँकी

जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

 जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । तर मङ्गलबार बिहानसम्ममा थप ५६ ओटा शव...बाँकी

जापानमा भारी वर्षा, करिब १०० को मृत्यु

जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको पि्रफेक्चरमा भएको...बाँकी

टर्की सरकारद्धारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ । सरकारले आइतबार...बाँकी

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको...बाँकी

पाकिस्तानका पुर्वप्रधानमन्त्री शरिफलाई दश बर्ष जेल सजाय

 पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो । यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् । उहाँलाई दश बर्षे जेल सजायसँगै...बाँकी

पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने नेतालाई मृत्युदण्ड

ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा विशालु ग्यास आक्रमण गर्ने धार्मिक समूहका एक नेतालाई जापान सरकारले मृत्युदण्ड दिएको छ । आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन्...बाँकी

इजिप्टमा १४ जनालाई आजीवन काराबासको फैसला

 इजिप्टको एउटा अदालतले पूर्व स्लामिक राष्ट्रपति मोहमद मोर्सीका एक जना सल्लाहकार र अरु १३ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । अवैध समूहसँग संलग्नता देखिएको भन्दै उनीहरूलाई अदालतले बिहीबार आजीवन जेल सँजायको फैसला गरेको हो । मुस्लीम ब्रदरहुडमा आवद्ध राष्ट्रपतिका आर्थिक सल्लाहकार रहेका अब्दुल्लाह शेहात सन् २०१२ मा लोकतान्त्रिक प्रक्रियाबाट...बाँकी