विश्व

पाकिस्तानमा आज निर्वाचन

 पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुको ५७७ सिटको लागि ८३९६ उम्मेदवारहरु खडा भएका छन् ।...बाँकी

पाकिस्तानमा चुनावी अभियानमा हिडेका उम्मेदवारको हत्या

 पाकिस्तानमा आसन्न निर्वाचनका उम्मेदवारको आइतबार हत्या भएको छ ।मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटना बढ्दै गएका छन् । आइतबार भएको घटनामा एक उम्मेदवारसहित दुईजनाको मृत्यु भएको र अरू केही घाइते भएको प्रहरी अधिकारीले बताएका छन् । स्थानीय एक प्रहरी अधिकारी मन्जुर अफ्रिदीले दिएको जानकारीअनुसार गान्दापुरका लागि पाकिस्तान तेहरिक...बाँकी

युक्रेनमा जनमत संग्रह अवैध : अमेरिका

 अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले युक्रेनमा जनमत संग्रह गराउनु अवैध भएको बताएको छ। यस्तो जनमत संग्रह स्वतन्त्र र निष्पक्ष पनि हुन नसक्ने अमेरिकाले जनाएको छ। बिहीबार रूसले जनमत संग्रहको प्रस्ताव गरेको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा जनमत संग्रहको माग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबीच हेलसिन्कीमा...बाँकी

रुसी महिलामाथि जासुसीको क्रममा यौन प्रस्ताव राखेको आरोप

सुनौलो कपालकी धनी तथा रुसी क्रेमलिनका लागि जासुसी गर्ने एक रुसी छात्राले अमेरिकी राजनीतिक प्रणालीमा सम्बन्ध गाढा बनाउन यौनको प्रस्ताव समेत राखेको अमेरिकाको एक अदालतको सुनवाइ क्रममा बताइएको छ । २९ वर्षिया मारिया बुतिनाले वर्षौंदेखि अमेरिकामा रुसी सरकारको हितका लागि गोप्य ढंगले काम गरिरहेको बताइएको छ । बुधवार वासिंगटनको अदालतमा...बाँकी

ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि

दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो ।लडाइँमा प्रत्यक्ष उत्रन पाउने गरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका...बाँकी

एउटा मान्छेको ज्यान लिएको बदला ३०० गोही मारियो

यहाँको एक गाउँका बासिन्दाले करिब ३०० गोहीको ज्यान लिएका छन् । गोहीको आक्रमणबाट एकजनाको ज्यान गएपछि गाउँलेले ३०० वटा गोहीको ज्यान लिएका हुन् । यो घटना इन्डोनेशियाको पश्चिमी पपुआस्थित सोरोङ्ग जिल्लाम भएको हो । अन्तारा एजेन्सीले यो घटनाको केही तस्बिर र भिडियो पनि सार्वजनिक गरेको छ । यी फोटो भिडियोमा...बाँकी

अफगानिस्तानमा ६२ तालिबान र नौ प्रहरी मारिए

 अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आतङ्ककारी विरुद्ध जारी रहेको हवाई कारबाहीको क्रममा ६२ भन्दा बढी आतङ्ककारी मारिएका छन् । गत २४ घण्टाभित्र भएका यस कारबाहीमा यी आतङ्ककारी मारिएका सेनाका प्रवक्ता यहया आलाभीले मङ्गलबार एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको मारोफ जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्षित गरी सो...बाँकी

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका...बाँकी