पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या अझै पनि बढीरहेको छ । पाकिस्तानाको बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा गत शुक्रबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १४९ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । मास्तुङ् जिल्लाका प्रहरी उप निरीक्षक करिम लाशारीले सोमबार मृतकको सङ्ख्या वृद्धि भएको...बाँकी
भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको यज्ञशालामा...बाँकी
नेपाल मगर संघ मकवानपुरले मगर अगुवासँग शनिबार अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा स्थित एक होटलमा नेपाल मगर संघ नगर कार्य समिति मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले मगरहरुको अवस्था र भूमिकाका बिषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मगर संघका केन्द्रीय सल्लाहकार सदस्य बिश्व आले...बाँकी
भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको हो । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर...बाँकी
जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराउनुभएको छ । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले...बाँकी
जापानमा एक नर्सले विषयुक्त इन्जेक्सन लगाएर २० जना वृद्ध विरामीको ज्यान लिएकी छन् । आफ्नो सिफ्टमा विरामीको मृत्युलाई लिएर हुने सवाल-जबाफबाट जोगिन उनले यस्तो गरेकी हुन् । उनले यदि आफ्नो सिफ्टमा कुनै विरामीको मृत्यु नभए आफुले जिम्मेवारी लिनुनपर्ने भएकाले यस्तो कदम चालेकी हुन् । जापानी सञ्चारमाध्यमका अनुसार योकोहामाको ओगुची अस्पतालमा जुलाईदेखि...बाँकी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गर्नुभएको छ । उहाँले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि चार प्रतिशतसम्म सुरक्षा खर्चमा बृद्धि गर्न आग्रह गर्नुभएको हो । ब्रसेल्समा मङ्गलबारदेखि नेटो गठबन्धन राष्ट्रहरुको बैठक जारी रहेको छ...बाँकी
इरानको पश्चिमी क्षेत्रमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । इन्धन बोकेको ट्याङ्कर यात्रु बहाक बससँग ठोक्किएर दुर्घटना भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । इरानको केन्द्रीय राजधानी तेहरानदेखि ४०० किलोमिटर टाढा पर्ने सानान्दाजमा रातिको समयमा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी बसका...बाँकी