विश्व

म्यानमारमा भीषण पहिरो

म्यानमारको काचिन राज्यमा गत साताको पहिरोमा परी हराइरहेका व्यक्तिमध्ये २३ जनाको शव भेटिएको उद्धारकर्ताहरुले जनाएका छन् । अविरल वर्षासँगैको पहिरोमा परेर २७ जना स्थानीयबासी पुरिएका थिए । काचिन राज्यको एक स्थानीय टेलिभिजन ‘७ डे न्यूज’ ले आइतबार साँझसम्ममा हराएकामध्ये २३ व्यक्तिको शव भेटिएको जनाएको छ । अरु चार जनाको खोजी...बाँकी

इण्डोनेशियामा शक्तिशाली भुकम्प

इण्डोनेशियामा भूकम्पमा परी १० जनाको ज्यान गएको छ ।  पर्यटकीय क्षेत्र लोमबोकमा ६.४ रेक्टर स्केलको भूकम्प गएको बिबिसीले जनाएको छ । इन्डोनेसियाको मटरम शहरबाट करिब ४० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । भूकम्पका कारण कयौँ भवमा समेत क्षति पुगेको...बाँकी

क्यालिफोर्नियाको जंगलमा आगो, ५ को मृत्यु

अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य १७ जना सम्पर्क बाहिर छन् । आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् । आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको मृत्यु भएको बीबीसीले जनाएको छ ।आगलागीबाट कम्तिमा पाँच सय भवनमा क्षति...बाँकी

अझै पनि ७०० बालबालिका हिरासतमा

गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेक्रममा बाबुआमाबाट अलग पारिएका बालबालिकालाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउन अदालतले तोकेको म्याद सकिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आदेशका कारण मेक्सिको सीमाबाट पक्राउ गरिएकामध्ये अझै ७०० भन्दाबढी बालबालिकालाई हिरासतमै राखिएको छ । परिवारको सदस्य भएको पुष्टी गर्ने कागजातको अभाव रहेका, आपराधिक पृष्ठभूमि भएका...बाँकी

त्रिशुलीमा बस खस्दा ५ को मृत्यु

 काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्यान्ह१२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो । मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन्...बाँकी

पाकिस्तानमा इमरान खानको उदय

पूर्व क्रिकेट स्टार र ‘प्ले ब्वाय’ इमरान खानको अब अर्को नयाँ परिचय थपिँदै छ । पाकिस्तान तेहरिक–ई–इन्साफ (पिटिआई)का नेता खान अब देशका भावी प्रधानमन्त्री हुन् । हिंसाबीच बुधबार सम्पन्न निर्वाचनमा खानको पिटिआई पार्टीले अनपेक्षित सफलता हासिल गरेसँगै आणविक राष्ट्र पाकिस्तानमा खान प्रधानमन्त्री बन्ने पक्का भएको छ । खानको उदयसँगै पाकिस्तानको राजनीतिमा नयाँ हलचल...बाँकी

इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता

दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । सरकारले इन्टरनेट सेवामा...बाँकी

पाकिस्तानी चुनावमा सरिफ अगाडि

पाकिस्तानमा बुधवार लाखौ जनता आम चुनावमा मत खसाल्न व्यस्त रहेकाबेला भएको हिंसामा कम्तिमा ३१ जना व्यक्तिको ज्यान गएको छ । क्वेटा शहरमा एक शक्तिशाली बम विस्फोट भएको हो । त्यसैगरी पाकिस्तानका अन्य बिभिन्न भागमा स–साना विस्फोटन र पार्टी कार्यकर्ताहरुबिचको झडपमा अन्य दुई व्यक्तिको ज्यान जानुका साथै थुप्रै घाइते भएको प्रहरीले...बाँकी