विश्व

भियतनाममा बाढीमा परी २२को मृत्यु

भियतनामको उत्तरी भागमा पर्ने पहाडी इलाकामा जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपमा परी थप नौ जना अझै वेपत्ता रहेका यहाँको राष्ट्रिय प्रकोप नियन्त्रण विभागले बिहीबार जानकारी दिएको छ । भियतनामको तीन वटा प्रान्तमा आएको यस बाढी र पहिरोमा परी...बाँकी

दक्षिण सुडानमा भएको शान्ति सहमतिको स्वागत

दक्षिण सुडान र यहाँका विद्रोहीबीच भएको शान्ति सहमतिको सुडानमा रहेका राजनीतिक दल, अधिकारवादीहरु, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले नै स्वागत गरेका छन् । दक्षिण सुडानी राष्ट्रपति साल्भा किर र यहाँ हिंसात्मक विद्रोह गरिरहेको संस्थाका नेता रिक माचारले बुधबारमात्र यहाँको सशस्त्र विद्रोहको स्थायी युद्धबिराम गर्ने सहमति गर्नुभएको हो । सुरुमा...बाँकी

आठ देशका नागरिक अमेरिका जान नपाउने नै भए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश...बाँकी

जापानमा दुर्लभ मानिने हिंसात्मक हमलामा प्रहरीसहित दुईको मृत्यु

 जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा मङ्गलबार एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ । एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दूक खोसेर भागेको थियो । अर्को स्थानमा रहेको निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डलाई गोली हानेका विद्यालयको गेटमा आक्रमण गरिएको जापानी प्रहरीका प्रवक्ताले...बाँकी

अफगानिस्तानमा आत्मघाती आक्रमणमा नौ प्रहरी मारिए

 अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति आत्मघाती आक्रमण गरी नौ जना प्रहरी अधिकारीको हत्या गरिएको समाचार छ । सोमबार राति ८ बजे भएको यस आक्रमणमा परी अन्य तीन प्रहरी अधिकारी घाइते भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । स्थानीय समयाअनुसार चावकी जिल्लाको बबार ताङगइमा रहेको प्रहरी चौकीमा आतङ्ककारी समूहले आक्रमण...बाँकी

टर्कीको राष्ट्रपतिमा एर्दोगान विजयी

 टर्कीको राष्ट्रपतिमा रजेप तैयप एर्दोगान विजयी भएका भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।चुनावी नतिजापछि बोल्दै एर्दोगानले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् । आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने परिपाटी टर्कीमा छ...बाँकी

विश्वकप फुटवल हेर्नहरूबीच गोली हानाहान, १४ जनाको मृत्यु

 मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानको घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागूऔषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड भएको छ । तीमध्ये शहरको दक्षिणी क्षेत्रमा भएको एउटा घटनामा छ जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् । विश्वकप...बाँकी

इथियोपियामा प्रधानमन्त्रीको र्‍यालीमा ग्रिनेड आक्रमण

 इथियोपियामा प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्‍यालीमा ग्रिनेड आक्रमण भएको छ । विष्फोटमा थुप्रै मानिस मारिएका छन् । प्रधानमन्त्री आबी अहमदलाई भने सुरक्षित स्थानमा लगिएको बीबीसीले जनाएको छ ।राजधानी अदिस अबाबाको मुख्य चोक मेस्कल स्क्वायरमा हजारौं सहभागी र्यालीलाई सम्बोधन गरिरहेको बेला गि्रनेड प्रहार भएको थियो । प्रधानमन्त्री अहमदले धेरै व्यक्ति आक्रमणमा...बाँकी