– कमल खत्री नजीकै देखिने धौलागिरि हिमालको चिसो सिरेठो । छेउमै बग्ने रघुगङ्गा नदीको चिसो हावाले विद्यार्थीहरु कठ्याङ्ग्रिने गर्छन् । रमाइरमाई विद्यालय पढ्नुपर्ने समय उनीहरुका लागि भने निकै कष्टकर बन्ने गरेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुईनेमङ्गलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुको भोगाइ हो यो । गत भदौ २७ गते...बाँकी
बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ...बाँकी
काठमाडौँ – सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा निजी विद्यालयसँग सम्बन्धित आधा दर्जनभन्दा बढी विषयमा अंकुश लगाउने व्यवस्था गरिएको छ । निजी विद्यालयको छाता संगठन प्याब्सन र...बाँकी
बर्दियाको बासगढी नगरपालिका ७ लक्षमनस्थित पुर्णहिरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए । उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए । विद्यालयको शैक्षिक स्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा शिक्षकसँग सुझाव लिईसकेपछि सांसद गौतमले प्रत्येक कक्षाकोठामा पस्दै विद्यार्थीका समस्या पनि सुने ।...बाँकी
मात्र एक वर्षभित्र साना बालबालिकाहरुमा देखिने विकासक्रम बारेमा अभिभावकलाई जति कसलाई थाहा होला र ? एक वर्षको एक बालक मुस्किलले बामे सरिरहेको हुन्छ । त्यसको एक वर्षपछि ऊ तपाईंलाई समाउन हम्मे पर्ने गरि फुत्केर कुद्न थालिसकेको हुन्छ । त्यस्तै सधैँ यताउती हिँड्ने कि त कल्पनामा डुबिरहने र हरेक कुरामा ‘किन’...बाँकी
हेटौंडाको पहिलो कोरियन भाषा प्रशिक्षण केन्द्र रिलायबल ल्याङ्वेज सेन्टरले नयाँ भाषा प्रशिक्षण केन्द्र थप गरेको छ । टिसिएनरोडमा रहेको ल्याङ्वेज सेन्टरले सोमबार हेटौंडा–४ स्थित ग्रिन हाउसबाट पनि कक्षा सञ्चालनमा ल्याएको हो । हेटौंडा उपमहानगरपालिकाका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले रिबन काटेर भाषा प्रशिक्षण केन्द्रको उद्घाटन गरेका हुन् । कोरियन...बाँकी
काठमाडौं - नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन् । दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको...बाँकी
काठमाडौं - देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग । प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षक...बाँकी