विद्यालयको पहुच भन्दा वाहिर रहेका १३ बालिकाहरुको अभिभावकत्व ग्रहणगरी विद्यालय भर्ना अभियानलाइ पर्सामा तिव्रता दिइएको छ । वीरगन्ज महानगपालीकाको विभिन्न विद्यालयहरुमा विहीबार आयोजित कार्यक्रमहरुमा मुख्य मन्त्री लालबाबु राउत गदीले २ जना,नगर प्रमुख विजय कुमार सरावगीले ९जना बालिका,उधोगपति जगदिश अग्रवालले १जना बालक र वडाअध्यक्ष श्यामबाबु चौरसियाले एक जना बालिकाहरुको अभिभावकत्व ग्रहण...बाँकी
पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ । सिद्ध प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएको हो । रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा शाखा प्रमुख गुणाराम खनाललगायतको टोलीले अनुगमन पछि सो विद्यालय बन्द...बाँकी
शुक्लाफाँटा नगरपालिकाले संस्थागत निजी विद्यालयलाई व्यवस्थित बनाउनका लागि १६ बुँदे निर्देशन जारी गरेको छ । निजी विद्यालयले अनुमति पत्र सबैले देखिने गरी बिद्यालयमा टाँगेर राख्ने, गतवर्ष जिल्ला शिक्षा कार्यालयले तोकेको शुल्कलाई कामय राख्ने, शैक्षिक तथ्यांक व्यवस्थित रुपमा राख्ने विद्यालय छात्रवृत्ति वितरण कार्यविधिअनुसार कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ । “विद्यार्थी...बाँकी
सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धि पाँच वर्षअघि गरिएको सोही प्रकारको परीक्षणको तुलनामा स्थिर...बाँकी
मन्त्रिपरिषद बैठकले विद्यालयमा विद्यार्थी भर्नाको संख्यालाई वृद्धी गर्न सरकारले ल्याएको ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाका अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका...बाँकी
हेटौँडा ११ मा रहेको त्रिभुवन माविले आज एक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । विद्यालयले प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेल,हेटौंडा उपमहानगरपालिका उपमेयर मिना लामा, प्रदेशसभा सांसद कुमारी मोक्तानलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नीजि तथा सामुदायिक विद्यालयबिचको खाडल...बाँकी
आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा अायोगले एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो । अब परीक्षा कहिले हुन्छ भन्ने खुलाइएको छैन । अाजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन...बाँकी
मकवानपुरको राक्सिराङ गाउँपालिकाका शिक्षक र विद्यार्थीले मोबाईल चलाउन नपाउने भएको छ । गाउँपालिका बैठकले कक्षा कोठामा शिक्षक र विद्यार्थीले मोबाईल राखेको पाइएमा कारबाही गर्ने निर्णय भएको तीन नम्बर वडा अध्यक्ष बाबुलाल स्याङ्तानले बताए । ‘विद्यार्थी र शिक्षक अध्ययन,अध्यापन छाडेर मोईलमा केन्द्रित हुँदा शैक्षिक गुणस्तर कमजोर भयो’, उनले भने, ‘त्यसैले मोबाईल...बाँकी