शिक्षा

एसइइ परीक्षा शुरु,मकवानपुरबाट ६ हजार बढी सहभागी

आजदेखि सुरु भएको एसईई परीक्षामा मकवानपुर जिल्लाबाट ६ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नियमिततर्फ प्राविधिक र साधारण गरी ६ हजार १ सय ७२ जना र एक्जाम्टेडतर्फ १ सय २४ जना विद्यार्थीले परिक्षा दिँदै छन् ।एसईईका लागि १ सय ८० जना विद्यार्थी परीक्षा दिन अयोग्य...बाँकी

पर्साको एक सरकारी भवनमाःजहाँ यस्तो हर्कत भइरहेको छ

जिल्ला शिक्षा कार्यालय र सरोकारवलाहरुको लापारवाहीका कारण पर्साको बहुदरमाइ नगरपालिका –८मा रहेको रामनगरीस्थित नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयको भवन बिगत पाँच वर्षदेखि कब्जा गरी निजी विद्यालय सञ्चालन गरिएको छ। देवनन्दन देवराज माध्यमिक विद्यालयसँग टासिएर रहेको सिंचाइ कार्यालयको १० कोठे भवनमा २०६९ सालदेखि श्री दुर्गा एकेडेमी सञ्चालन गरिएको हो।पीजीदेखि कक्षा तीनसम्मको...बाँकी

शैक्षिक विकासका लागि ४२ बुँदे घोषणापत्र जारी

ताप्लेजुङका शैक्षिक संस्थालाई सिकाइ केन्द्रका रुपमा विकास गर्दै सरोकारवालाको आकर्षणको केन्द्रका रुपमा स्थापित गर्न ४२ बुँदे घोषणापत्र जारी गरिएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रको समन्वयमा माध्यामिक तहका प्रधानाध्यापकको नेतृत्व विकाससम्बन्धी सञ्चालित दशदिने तालीमको शनिबार समापन सँगै यस्तो घोषणापत्र जारी गरिएको हो । समतामूलक, समावेशी र गुणस्तरीय शिक्षा प्रदान गर्नका...बाँकी

नेपालको शैक्षिक विकासमा साझेदार बन्छौँः मन्त्री अष्ट्रुप

नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री निकोलाई अष्ट्रुपले नेपालको शैक्षिक विकासमा साझेदारी गरेर अगाडि बढ्ने बताएका छन्। मन्त्री निकोलाई अष्ट्रुपले नर्वे सरकारले नेपाललाई गर्दै आएको सहयोगलाई निरन्तरता दिने पनि बताएका हुन्। बुधबार दोलखा आउनुभएका विकासमन्त्री अष्ट्रुपले नर्वेजियाली सरकारको सहयोगमा बिगुु गाउँपालिकामा निर्मित विद्यालयको उद्घाटन गर्दै भने, नेपालको शैक्षिक क्षेत्रको विकास बालबालिकाको सर्वङ्गीण विकासका...बाँकी

स्नातकोत्तरका लागि महायज्ञबाट एक करोड

 ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि गत माघमा लगाइएको महायज्ञमा रु एक करोडभन्दा बढी आर्थिक संकलन भएको छ। स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट कूल रु एक करोड ८५ लाख ३२४ संकलन भएको आर्थिक प्रतिवेदन बुधबार सार्वजनिक गरिएको...बाँकी

कम्युनिष्ट पार्टी एक हुँदा अन्तराष्ट्रिय तरंग- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्। ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले शुक्रबार भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक...बाँकी

कम्युनिष्ट पार्टी एक हुँदा अन्तराष्ट्रिय तरंग प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्। ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले शुक्रबार भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक...बाँकी

निर्वाचनमा वाइसिएलको ‘एक बुथ १००

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालले शनिबार छ हजार ७४३ वडामा वडा सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनलाई चुनावी अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ सम्पन्न गरिएको संगठनका अध्यक्ष रामप्रसाद सापकोटाले बताए। आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्यनजर गर्दै देशभरका वडा सम्मेलन सम्पन्न गरिएको सापकोटाले बताए। निर्वाचनका लागि शान्तिपूर्ण...बाँकी