स्वास्थ्य र जीवनशैली

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना संक्रमित थपिएका हुन्। जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्।बाँकी

४१ जिल्लामा पुग्यो कोरोना

काठमाडौं :  पछिल्लो १५ दिनयता कोरोना संक्रमितकको संख्या ह्‍वात्तै बढेर गएको छ। पहिलो संक्रमणपछि दोस्रो संक्रमित भेटिन करिब तीन महिना लागेको थियो। त्यसैगरी १ सय जना संक्रमित पुग्न करिब ४ महिना लागेको अवस्थामा एक महिनायता संक्रमितको संख्या दोब्बर गतिमा बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर कोरोना संक्रमितको...बाँकी

बाँकेमा नर्स र प्रहरीलाई कोरोना

नेपालगन्ज — शनिबार बाँकेमा कोरोना भाइरस भेटिएकामध्ये संक्रमितहरूको सुरक्षाका लागि खटिएका एक सुरक्षाकर्मी र स्वास्थ्यकर्मी रहेको खुलेको छ । नरैनापुर गाउँपालिकामा बनाइएको क्‍वारेन्टाइन । नरैनापुर–३ कालाफाँटा प्रहरी चौकीका एक जना प्रहरी र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्ड खटिएकी नर्समा संक्रमण देखिएको हो । कालाफाँटाको प्रहरी चौकीमा २३...बाँकी

गाउँलेको कुटाइबाट एकको मृत्यु, ६ बेपत्ता

गएराति (शनिबार राति) रुकुम पश्चिम चौरजहारी नगरपालिका– ८ सोतीमा गाउँलेको कुटाइबाट भेरी नगरपालिका– ४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका डिएपी किशोर श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा १२ जना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र...बाँकी

भारतमा एकैदिन ६ हजार ७ सयभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं — भारतमा एकैदिन ६ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ४७ जनाको मृत्यु...बाँकी

संघीय संसद्को लोगोमा भएको नेपालको नक्सा परिवर्तन गरिने

काठमाडौँ — संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गरिने भएको छ । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले...बाँकी

संक्रमित युवकको परिवारसहित २० जनामा संक्रमण देखिएन

इटहरी — कोरोना संक्रमण पुष्टि भएका इटहरी उपमहानगरपालिकाका एक युवकका परिवारसहित सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । इटहरी उपमहानगरपालिका वडा २ घर भएका संक्रमित युवकको परिवारका सदस्य र छिमेकी सहित २० जनाको रिपोर्ट नेगेटिभ आएको हो । इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा र इटहरी अस्पतालले चार दिनअघि तीनजना...बाँकी

भीटीएम किट सकिएपछि झापामा स्वाब संकलन नै रोकियो

काँकडभिट्टा — ३३ जना कोरोना संक्रमित भेटिएको कचनकवल गाउँपालिकामा भीटीएम किट अभावका कारण तीन दिनदेखि स्वाब संकलन रोकिएको छ । क्वारेन्टाइनमा रहेका १ सय ३३ जनाको पीसीआर परीक्षण हुन सकेको छैन । काँकडभिट्टा माविको होल्डिङ सेन्टरमा रहेका भारतबाट आएका व्यक्तिको आरडीटी गरिँदै । प्रदेश तथा संघीय दुवै सरकारले भीटीएम किट...बाँकी