स्वास्थ्य र जीवनशैली

किन थपिँदै छन् उपत्यका छिर्ने एम्बुलेन्स ?

 कोरोना संक्रमणका कारण कतिपय स्वास्थ्य संस्थामा अन्य सेवा असहज हुनु र संक्रमण व्यापक भएका जिल्लाबाट बिरामी रेफर गरिएकाले पनि उपत्यका भित्रिने एम्बुलेन्सको चाप बढेको हो । सार्वजनिक सवारी नचल्दा सामान्य बिरामी पनि एम्बुलेन्स नै चढेर काठमाडौं आएका छन् । काठमाडौँ — ठूला अस्पतालहरू भएकाले देशभरिबाट बिरामी र तिनलाई लिएर एम्बुलेन्स...बाँकी

गाउँपालिका अध्यक्षसहित गुल्मीका थप दुई जनामा कोरोना पुष्टि

गुल्मीमा थप दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ । दुई जनामध्ये एक जना गाउँपालिका अध्यक्ष रहेको र एक जना भारतबाट आई धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेको कार्यालयले जनाएको छ । उनीहरू ३६...बाँकी

एक महिनामा झन्डै ५० हजार भित्रिए

 सीमावर्ती भारतीय नाकाहरूबाट स्वदेश छिर्ने नेपालीको संख्यामा उल्लेख वृद्धि भएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार गत ५ देखि १० गतेसम्म सरकारी समन्वयमा मात्रै ३४ हजार ९ सय ३९ नेपाली स्वदेश भित्रिएका छन् । वैशाख १२ देखि जेठ १० गतेसम्म सरकारी समन्वयमा ४८ हजार ३ सय ९८ जना स्वदेश छिरेका छन्...बाँकी

 टिपरको ठक्करबाट प्रहरीको मृत्यु

 गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शंखधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ। मंगलबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रही महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत प्रहरी नायब निरीक्षक ४५ वर्षीय निमबहादुर घर्तीको मंगलबार...बाँकी

कोरोना संक्रमित संख्या ६ सय ९४ पुग्यो

नेपालमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत जिल्लामा थप १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ । प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन् । यसमध्ये ११ जना पुरुष...बाँकी

कोरोना निको भएर ४३ जना डिस्चार्ज

बीरगंजबाट कोरोना निको भएर ४३ जना डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा रहेका उनीहरु सोमबार कोरोना निको भएपछि डिस्चार्ज भएका हुन् । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का एक पत्रकारसहित ४३ जना डिस्चार्ज भएको अस्पतालका प्रमुख डा। मदन कुमार उपाध्याय बताए । उपाध्यायले उनीहरुको पछिल्लो दुई...बाँकी

गृहमन्त्रीको जवाफ : जाजरकोटका युवक र रुकुमकी युवती तीन वर्षदेखि प्रेममा थिए

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जाजरकोटका युवक नवराज विक र रुकुमकी मल्ल थरकी युवतीबीच दुई–तीन वर्षदेखि प्रेम रहेको बताएका छन्। जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक रुकुमको चौरजाहरी नगरपालिका–८ की १७ वर्षीया मल्ल थरकी युवतीबीच तीन वर्षदेखि प्रेम रहेको जानकारी गृहमन्त्री थापाले मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा...बाँकी

बिहे गर्न गएका लास बनेर फर्किए

जाजरकोट : शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवा र गाउँबासीबीच झडप हुँदा बेपत्ता तीन जना युवाको लास फेला परेको छ। अझै ४ जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका...बाँकी