स्वास्थ्य र जीवनशैली

८ दिनअघि मृत्यु भएका बाराका एक व्यक्तिमा कोरोना पोजिटिभ

वीरगन्ज — वीरगन्जमा ८ दिनअघि मृत्यु भइसकेका एक व्यक्तिमा कोरोना भाइरस स‌ंक्रमण देखिएको पुष्टि भएको छ । गत जेठ ४ गते वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रमममा मृत्यु भएका एक व्यक्तिको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो । उनको दाहसंस्कार समेत गरिसकिएको छ । ती वृद्धको...बाँकी

रौतहटमा दशगजा मिचेर बाँध बनाउँदै भारत

रौतहट : नेपाल सरकारले लिपुलेकसहित समेटेर नेपालको नक्सा जारी गरेसँगै रौतहटको सीमा क्षेत्रमा पनि सीमा मिचिएको भन्दै नेपालतिरका स्थानीय विरोधमा उत्रिएका छन्। सीमावर्ती इशनाथ नगरपालिका १ स्थित बन्जरहा दशगजा क्षेत्रमा भारतले सीमा मिचेर अग्लो बाँध बाँधेपछि स्थानीय आक्रोशित भएका हुन्। हिजो ९आइतबार० स्थानीयको अवरोधपछि भारतीय पक्षले हाललाई निर्माण कार्य रोकेको...बाँकी

हेटौंडाको आइसोलेसन वार्डमा विधुतको समस्या

हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्ड सबै भरिएका छन् । भारतबाट आएका ३७ जना र मकवानपुरका ४० जना भर्ना भएपछि अहिले आइसोलेसन वार्डमा थप भर्ना गर्ने अवस्था नरहेको वार्डका संयोजक भोलाप्रसाद चौँलागाईल जानकारी दिए । हेटौंडाको आइसोलेसन वार्डमा विधुतको समस्या रहेको चौलागाईले बताए । भारतबाट आएकाहरु...बाँकी

एकै घरको १८ जना कोरोना जितेर घर फर्के

पर्सा :  वीरगन्जको नारायणी अस्पतालबाट कोरोना जितेर आइतबार राति १० बजेर ४५ मिनेटमा १८ जना डिस्चार्ज भएका छन्। वीरगन्जको नारायणी र गण्डक अस्पतालमा उपचारार्थ ८७ जना संक्रमित मध्ये गएराति १८ जना संक्रमित कोरोना जितेर घर फर्किएका हुन्। सबै एकाघरका डिस्चार्ज हुनेहरु सबै पर्साको वीरगन्ज ३ छपकैयाका एकै परिवारका सदस्य हुन्।...बाँकी

रिपोर्ट नआउँदै आफन्तलाई बुझायो संक्रमितको शव

पर्सा : वीरगन्जको नेसनल मेडिकल कलेजले स्वाब परीक्षणको रिपोर्ट नआई आफन्तलाई शव बुझाएको खुलेको छ। नेशनलले आफन्तलाई शव बुझाएको नौ दिनपछि ती व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ। गत जेठ २ गते नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका बाराको करैयामाई(७ का ७० वर्षीय चौधरीको पीसिआर रिपोर्ट पोजेटिभ आएको हो।...बाँकी

हेटौंडामा ट्रक दुर्घटना हुँदा एकजना घाइते

हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ मा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । बिरगंजबाट मकै बोकेर हेटौंडा औद्योगिक क्षेत्र तर्फ जाँदै गरेको ना ६ ख ३७६२ नम्बरको ट्रक यान्त्रिक गडबडीका कारण अनियन्त्रित भइ दुर्घटना हुँदा ट्रक चालक मकवानपुर मनहरी गाँउपालिका वडा नम्बर ६ नया बस्ती बस्ने ३६ बर्षीय ईश्वरी...बाँकी

एकैदिन थपिए ७२ बिरामी, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं : नेपालका कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ। देशका विभिन्‍न प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणबाट ७२ जना थपिएसँगै ६७५ जना संक्रमित पुगेका हुन। स्वास्थ्य मन्त्रालयका अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारामा संक्रमित भेटिएका हुन्। काठमाडौंमा तीनजना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखमा नयाँ संक्रमित भेटिएका छन्।...बाँकी

मृत्यु भएको नौ दिनपछि कोरोना पुष्टि, मलामी खोज्‍न थालियो

बारा : उपचारका क्रममा मृत्यु भएर दाहसंस्कार गरेको नौ दिनपछि बारामा एकजनामा कोरोना पुष्टि भएको छ। करैयामाई गाउँपालिका–७ उमजनका ७० वर्षीय वृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। कोरोना पुष्टि भएका वृद्धको नौ दिनअघि वीरगञ्जको नेशनल मेडिकल...बाँकी