सिन्धुपाल्चोक — कोरोना संक्रमण भित्रने जोखिम बढेपछि माघ १३ मा बन्द गरिएको चीनसँगको प्रमुख नाका तातोपानी पुनः सञ्चालनमा ल्याइएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट नाका खोलिएको हो । नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन्। प्रशासन, भन्सार, जनप्रतिनिधि र...बाँकी
दुध बोक्ने अटोमा फेला परेको मदिरालाई प्रहरीले आज नष्ट गरेको छ । लकडाउनको समयमा मंगलबार प्रहरीले दुध बोक्ने अटोमा मदिरा ल्याएपछि प्रहरीले बरामद गरेको थियो । प्रहरीले हिजो बुधबार पनि एक स्कुटरमा मदिर लिएर हिडेको फेला पारेको थियो । प्रहरीले दुई सवारीबाट बरामद गरेको १८० लिटर घरेलु मदिरा आज नष्ट...बाँकी
वीर, पाटन र ठिमीको अस्पतालमा मात्र होइन, त्रिभुवन विश्वविद्यालय र विभिन्न अनुसन्धान केन्द्रमा भएका पिसिआर मेसिनले एकैपटक ९७ नमुना परीक्षण गर्छन्, तर सरकारले तिनलाई प्रयोग गर्न सकेको छैन, चीनबाट ल्याइएका मेसिनले भने एकपटकमा १५ नमुना मात्र परीक्षण गर्छन् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएकोजस्तै कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन...बाँकी
काठमाडौं : थर्मल गन कालोबजारीको अभियोगमा पक्राउ परेका नेपालको चर्चित ब्यापारिक घराना शंकर ग्रुपका मालिक शुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार अनुमति दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी हेविन्द्र बोगटीका अनुसार प्रशासनले अग्रवाललाई सात दिन थुनामै राख्न अनुमति दिएको बताए। काठमाडौंका प्रमुख जिल्ला...बाँकी
भक्तपुर : कोरोना भाइरसको शंकामा नमुना परीक्षण गरिएका भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ। भक्तपुरमा शंकास्पद ५८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट नेगेटिभ आए र बाँकी १८ जनाको रिपार्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यसैगरी लकडाउन शुरु भएदेखि लकडाउन उल्लंघन गर्ने १३५...बाँकी
काठमाडौ : विदेशी नागरिक धमाधम नेपालबाट फर्किरहेका छन्। लकडाउन गरिएसँगकै तीन हजार भन्दा धेरै पर्यटकले नेपाल छाडिसकेका छन्। सरकारले मुलुकमा लकडाउन लम्ब्याइरहँदा पर्यटकहरु भने धमाधम चार्टर्ड जहाजमा देश फर्किरहेका हुन्। बुधबार मात्रै पाँच सय ५० भन्दा बढी विदेशी नागरिक दुईवटा चार्टर्ड उडानमार्फत् स्वदेश फर्किँदैछन्। जर्मनी, फिन्ल्यान्ड र बेलायतका नागरिक स्वदेश...बाँकी
काठमाडौँ — नेपाली नागरिकहरुले कोरोना भाइरस९कोभिड–१९० संक्रमणले निम्त्याएको जटिल अवस्था सामान्य नभएसम्मका लागि लकडाउनलाई निरन्तरता दिए राम्रो हुने बताएका छन् । शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँग सम्बन्धित विषयमा गरेको राष्ट्रिय सर्वेक्षणमा सहभागी अधिकाशंले स्थिति सामान्य नहुनञ्जेलसम्मका लागि लकडाउन गरेकै राम्रो हुने विचार व्यक्त गरेका हुन् । नेपालमा लकडाउन लगाइएको पहिलो...बाँकी
काठमाडौँ — चैत ९ गते मध्यरातिदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई सरकारले बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले बताए। यो निर्णयले कमर्सियल उडानलाई...बाँकी