ज्वरोका अत्यधिक बिरामी बढेकाले हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्य र डेंगु परीक्षणका लागि हेटौंडा अस्पताल परिसरमा छुट्टै निस्शुल्क शिविर सञ्चालन गरेको छ । मंगलबारदेखि सुरु गरेको निस्शुल्क शिविरमा १ सय ८७ जनाको चेकजाँच गरिएकोमा १२ डेंगुका बिरामी फेला परेको उपमहानगका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए । मंगलबार ८० जनाको स्वास्थ्य परीक्षणपछि रगत परीक्षण...बाँकी
दक्षिण कोरियाका एक चिकित्सकले झुक्किएर अर्कै महिलाको गर्भपात गराएको प्रहरीले बताएको छ । नाम नखुलाइएकी महिला ६ हप्ताको गर्भवती थिइन् र उनी पोषणयुक्त खानेकुरा लिन क्लिनिक गएकी थिइन् । तर चिकित्सक र नर्स दुवैले उनी को हुन् भनी चेक गरेनन् अनि गर्भपातअघि बेहोश बनाउने सुई दिए । डेढ महिनाअघि भएको...बाँकी
हेटौँडा अस्पतालमा ज्वरो आएका बिरामीको निःशुल्क उपचार गरिने भएको छ । हेटौडाको बजार क्षेत्रमा डेंगु संक्रमण बढिरहेको हुँदा सोमबार उपमहानगरपालिकामा अस्पतालसहित बसेको व्यवस्थापन बैठकले उक्त निर्णय गरेको हेटौडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिए । बैठकले आज मंगलबारबाट लागू हुने गरी हेटौँडा अस्पतालमा ज्वरो आएका बिरामीलाई निः शुल्क उपचार...बाँकी
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सबै काम गर्न मानसिक र शारिरिक रुपमा स्वस्थ हुनुपर्ने बताएका छन् । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको समन्वयमा स्वास्थ्य सेवा विभागको आयोजनामा मानसिक स्वास्थ्य रणनीति विकास तथा नसर्ने रोग र मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यशाला गोष्ठीको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले यस्तो कुरा बताउनुभएको...बाँकी
हाम्रो सुन्दरतामा कहिलेकाहीँ विभिन्न समस्याहरु आउँछन् । जसका कारण हामी चिन्तित हुन्छौं । अनुहारमा चायापोतो आउनु, डण्डिफोर आएर अनुहारमै दाग बस्नु जस्ता अनेक समस्याहरु हुन्छन् । उमेर बढ्दै गएपछि अनुहार सँग-सँगै कपालसँग सम्बन्धी अनेक समस्याहरु पनि देखिन थाल्छन् । कपाल विभिन्न कारणले झर्ने गर्छ । मौसमको परिवर्तन, उमेर, खानपान, उचित...बाँकी
मकवानपुर कैलाशका एक स्थानीयलाई भिरबाट खसेर मृत्यु भएको पीडा छँदै छ । शव पोस्टमार्टम गर्न बोकेर लैजानुपर्ने बाध्यता पनि छ । खसेर मृत्यु भएपछि पोस्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था छ । दुर्गम गाउँमा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र त्यसै पनि छैनन् । नजिकमा पर्ने मकवानपुरको थाहा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र त छ, १५ दिनदेखि चिकित्सक...बाँकी
तपाईँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट अकालमा तपाईँको मृत्यु पनि हुनसक्छ । पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश...बाँकी
अमेरिकाको लुसियाना निवासी एक व्यक्तिको आफ्नो प्रेमिकालाई विवाहको प्रस्ताव गर्ने क्रममा डुबेर मृत्यु भएको छ। स्टेभेन वेबर र केनेशा एन्टोइन छुट्टी मनाउनको लागि तान्जानिया गएका थिए । ती जोडी समुन्द्री किनारमा रहेको रिसोर्ट बसेका थिए । उनीहरुले बुक गरेको कोठा समुन्द्र–मुनिको भाग देखिने गरी गहिराईमा बनाइएको थियो । बिहीबार वेबरले...बाँकी