विविध

प्रहरीको अभियान: टोलटोलमा रक्तदान

मकवानपुपरको हेटौंडा स्थित वडा नम्बर ५ सानोपोखराले टोलटोलमा प्रहरी भन्ने नारा सहित शनिबार हेटौँडा ४ हुप्राचौरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हेटौँडा उपमहानगरपालिका की नगर उप प्रमुख मीना लामाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ् हेटौँडा ४ का वडाअध्यक्ष नविन सिग्देल...बाँकी

हिन्दु परिषदको प्रशिक्षण

हिन्दू परिसद नेपाल केन्द्रीय कमिटिले शनिबार बीरगंजको टाउन हलमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन गरेको छ। कार्यक्रममा केन्द्रीय समिति,प्रदेश न२ समिति,नारायणी अंचल कमिटि,बारा र पर्सा जिल्लाको सम्पूर्ण जिम्मेवार नेताहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम लाई संम्बोधन गर्दै हिन्दू परिसद नेपालको केन्द्रीय अध्यक्ष संतोष पटेलले अबको पांच वर्ष भित्र नेपाल पुनः...बाँकी

मृतकको शव पोखरा ल्याइयो

हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ...बाँकी

इन्द्रसरोबर तालले लियो दुई बालकको ज्यान

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव परीक्षणका लागि हेटौँडा...बाँकी

मुस्ताङमा टिपर दुर्घटना : मृतकको संख्या १९ पुग्यो(अपडेट)

मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार मृतकको संख्या १९ पुगेको हो। १२ जना घाइते छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी महेन्द्र खड्काका अनुसार बा २ ख २२ १९ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खसेको छ। दुर्घटनामा...बाँकी

सशस्त्रका पाँच एआईजीको राजीनामा

सशस्त्र प्रहरी बलका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजीको निर्णय गरेलगत्तै सशस्त्रका पाँच एआईजीले राजीनामा दिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका तत्कालीन...बाँकी

गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार पक्राउ

 महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका...बाँकी

एक हप्तामै दुई पराकम्पन

धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता हालसम्म...बाँकी