विविध

राष्ट्रपति भण्डारी र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।बाँकी

चुरे विनाशको असर : खहरे खोलामा पानी सुक्दै

चुरे क्षेत्रमा मुहान भएका यी खोलामा दुईरतीन वर्षअघिसम्म असारदेखि माघसम्म पानी बग्ने गरेको थियो । तर यो वर्ष भदौ लाग्दै पानी बग्न छोडेको हो । बढ्दो चुरे वन विनाशसँगै भू क्षयका कारण बर्सेनि पानीको स्रोत सुक्दा भदौरअसोजमै पानीको संकट पर्दै गएको छ । पानीका स्रोत सुकेपछि चुरे तलका दजनौं बस्तीमा पशुपालन संकटमा परेको...बाँकी

सलमानले बलिउडमा काम गर्न नपाउने !

 बलिउड स्टार गायक मिका सिंहलाई भारतमा प्रतिबन्ध लागेको छ। उनले पाकिस्तानमा पुर्व राष्ट्रपति पर्वेज मुशरफको पारिवारिक विवाह भोजमा सरिक भएको र गीत गाएको कारण अखिल भारतीय चलचित्र मजदुर संघले प्रतिबन्ध लगाएको हो । सलमान खान अमेरिकाका शहरहरुमा आफ्नो शो लिएर जाँदैछन। जस्मा मिका सिंह पनि सहभागी हुनेछन्। उक्त कुराको हल्ला...बाँकी

सडक बिस्तारका लागि चक्रपथका २ हजार रुख काटिँदै

 सडक विभागले चक्रपथको कलंकी-बालाजु-महाराजगञ्ज सडक खण्ड विस्तार अघि बढाउन रुख कटानको तयारी गरेको छ । सडक सीमामा पर्ने रुखहरु अर्को साताबाट काट्न सुरु गरिँदैछ । चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिजालका अनुसार यो खण्डमा काट्नुपर्ने २ हजार ५७ वटा रुखहरु पहिचान भएका छन् । ‘साइट क्लियर गर्न लागिएको हो,’ उनले...बाँकी

इन्द्रजात्रालाई अब अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउने चाडका रुपमा मनाउने

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रियपर्व इन्द्रजात्रालाई अब अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउने चाडका रुपमा मनाउने बताउनुभएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा बुधबार मेयर शाक्यले यस्तो बताउनुभएको हो । ‘इन्द्रजात्रा नेवाः समुदायको मात्र पर्व होइन, यो राष्ट्रियपर्व भएकाले यसलाई सबै जातजातिको साझा पर्वका रुपमा मनाउनु पर्छ,’ शाक्यले भन्नुभयो, ‘नेवाः...बाँकी

पेटी ठेकेदार रातारात अर्बपति बन्ने, गुण्डा लगाएर हामीलाई सिध्याउने ? :- विडारी

नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण विडारीले ठेक्का प्रणाली सुधार गर्न माग गरेका छन्। उनले पञ्चायत कालको प्रणाली अझै कायम रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्। उनले ठेक्का अगावै २५ प्रतिशत पेश्की दिने व्यवस्थाको पनि विरोध गरे। ‘पेटी ठेकेदार रातारात अर्बपति बन्ने। अर्बपति भएपछि चुनाव लड्न थाले। अनि जिन्दगीभर राजनीति...बाँकी

मकवानपुरका ऐलानी जग्गालाई नापी गरेर लालपुर्जा दिने तयारी

मकवानपुरको विभिन्न ठाउँ लालपुर्जा विहीन छन् । कतिपय त अवस्था यस्तो पनि छ की लालपुर्जा भएको जग्गामा खोला हिड्छ, व्यक्तिको घरबास भएको जग्गा ऐलानी छ । विशेषगरी मकवानपुरको बकैयाँ, बागमती, मनहरी, राक्सीराङ, कैलाश र मकवानपुरगढी गाउँपालिकाका विभिन्न क्षेत्रका जग्गाको लालपुर्जा नभएपनि स्थानीयले भोगचलन गर्दै आइरहेका छन् । जग्गाधनी पुर्जा नभएका...बाँकी

तस्बीरमा काश्मीरका दु:ख

अवानी राय भारतको प्रख्यात फोटो जर्नालिष्ट र पद्यश्री विजेता रघु रायकी छोरी हुन्। उनी डकुमेन्ट्री फिल्ममेकर समेत हुन्। कश्मीरले उनलाई फोटो ग्राफर बनायो। यी चार वर्षमा उनले कश्मीरका मानिसका दैनिकी र अनेकौं क्षणको क्यामेरा कैद गरेकी छन्। हरेक वर्ष कश्मीरमा इद मनाइरहेकी उनी पछिल्लो घटनाबाट दुखी छन्। नरेन्द्र मोदीको नेतृतवमा रहेको केन्द्र...बाँकी