विविध

भातमै भ्रष्टाचार !

ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्ने जनप्रतिनिधि मौन छन्। मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापत २० लाख १४ हजार ८७ रुपैयाँ खर्च गरेको छ। गाउँपालिका अध्यक्ष मोतीराज राईले टाढाका जनप्रतिनिधि र कर्मचारीले बैठक तथा ऐनकानुन र कार्यविधि...बाँकी

विप्लव समुहमा आवद्ध ७१ वर्षिय वृद्ध पक्राउ

युवाहरुको जमात रहेको बताइने नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० आवद्ध ७१ वर्षीय वृद्ध पक्राउ परेका छन् । नवलपरासी प्रहरीले पश्चिम नवलपरासीका जिल्ला जनपरिषद् प्रमुख ७१ बर्षीय प्रेम प्रसाद ढकाल (पृथ्वी) लाई पक्राउ गरेको हो । जिल्ला स्तरमा सक्रिय रहेका ढकालको उमेर पछिमात्र खुलेको हो । ढकाललाई...बाँकी

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको भन्दै पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन्। प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएको भन्दै ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन्। नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी...बाँकी

आज श्रीकृष्ण जन्माष्टमी, देशभर हर्षोल्लासका साथ मनाइँदै

 भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको...बाँकी

रवि लामिछानेबाट पीडित भएका शम्भुले भने : ‘म पनि आत्महत्या गर्न चाहान्थे’

सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने अर्थशास्त्रका शिक्षक हुन् । २०७४ सालको जेठ महिना, पानी परेको थिएन । परेको थिएन । सर्लाहीको मौसम असाध्यै गर्मीलो थियो । शाहले परीवारका साथमा वसेर टेलिभिजन हेरीरहेका थिए । यत्तिकैमा साहको फोनको घन्टी बज्यो । साँझ बजेको फोनको घन्टीले उनको जीवनमा ठूलै भुइँचालो ल्याइदियो...बाँकी

सञ्चार मन्त्रीको प्रश्न : ‘रहस्यमय बनाउने, उत्तेजना फैलाउने टाइटल हाल्दिने ? यस्तो पत्रकारिता हुन्छ ?’ 

 सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मूलधारको पत्रकारिता र सामाजिक सञ्जाललाई फरक ढंगले हेर्नुपर्ने बताएका छन् । यूट्युबले उत्तेजना फैलाउने र दिग्भ्रमित पार्ने काम गरेकाले सरकारले यसको अनुगमनमा गम्भीर बहस थालेको उनले बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सनसनीपूर्ण...बाँकी

डिभी परेर अमेरिका उडेका मकवानपुरका वडाध्यक्षले इमेलबाट पठाए राजीनामा

निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्। पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्। ‘वडाध्यक्षज्यूले इमेलबाट...बाँकी

प्रदेश २ को नाम ‘जानकी’ राख्ने निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ को नाम जानकी राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश २ को संसदीय दलको बैठकमा प्रदेशको नाम जानकी प्रदेश राख्ने सर्वसम्मतीले निर्णय भएको हो । बैठकले प्रदेश राजधानीमा मिथिला परिक्रमासहित धनुषा राख्ने निर्णय गरेको सो पार्टीका सांसद मञ्जु यादवले जानकारी दिइन । यस...बाँकी