पत्र पत्रिकावाट

वैशाखदेखि दैलेख र पाल्पाका पेट्रोलियम खानी उत्खनन हुने

काठमाडौँ – चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो । चीनले २ अर्ब ४० करोड रुपैयाा लगानीमा २ अर्ब वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ...बाँकी

यस्तो लेखे हेटौंडाका दैनिक पत्रिकाले (हेनुहोस् ४ दैनिक पत्रिकाको पहिलो पृष्ठ)

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले विभिन्न विषयलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् । थाहामा पुननिर्माण चित्तबुझ्दो, राक्सिराङमा एक घरमा आगलागी, हेटौंडाको साझा यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट कार्यान्वयन, हेटौंडामा वार्षिक परीक्षा सुरु, नदी उत्खनन् कार्य व्यवस्थित गर्न  जिल्ला समन्वय समिति मकवानपुरद्धारा स्थानीय तहलाई निर्देशन, सिके...बाँकी

सीके राउतलाई सांसद र मन्त्री बनाइने !

सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेर गठबन्धनका संयोजक सीके राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ। लामो समयदेखि अलग्गै स्वतन्त्र मधेश अजेण्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउने गोप्य सहमति भएको श्रोतले दाबी गरेको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष...बाँकी

पैसा र पासपोर्ट अब नेपालमै छापिने

काठमाडौँ– पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामाग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससँग समझदारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् । सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटााको फ्रान्स...बाँकी

कोरियाले दियो १० हजार कामदार कोटा, जेठ २६ र २७ मा भाषा परीक्षा

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाले जेठ अन्तिम साता भाषा परीक्षा गर्ने गरी नेपाललाई १० हजार ५० कामदार कोटा निर्धारण गरेको छ। १० औँ भाषा परीक्षामार्फत् यो वर्षका लागि १० हजार ५० नेपाली युवा रोजगारीका लागि कोरिया जान पाउने खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्। यो भाषा परीक्षामा...बाँकी

सीप नजाँची डाक्टर लाइसेन्स

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले...बाँकी

राष्ट्रपतिको सवारीको लागि १४ करोडको कारगेड बाइक किन्दै सरकार

काठमाडौं – सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रति एक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो । त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका...बाँकी

अदालतको रहस्यमय आदेश, दुई व्यक्तिलाई एउटै भनी प्रमाणित

काठमाडौँ — उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ । न्यायाधीशहरू कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजलासले फरक–फरक व्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापालाई एउटै व्यक्ति भनी किटानी गरिदिएको हो । अंशसम्बन्धी विवादको मुद्दामा गरिएको आदेशका कारण पतिबाट अंश नपाएर पीडित...बाँकी