पत्र पत्रिकावाट

सिडिओलाई यति धेरै अधिकार

काठमाडौं - संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ ।  संसद्मा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सिडिओलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ...बाँकी

स्थानीय पत्रपत्रिकाः ६ महिनामा १६२ जनामा एचआइभी

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । प्रदेश ३ मा एक वर्षमा २४ वटा मात्र कानुन निर्माण भएको, अझै७५ वटा कानुन बन्न बाँकी, सांसद बानियाँले गाउँमा पुगेर कम्बल बाँडेको, मकवानपुरका वडाअध्यक्षहरुले संघीयता कार्यान्वयनमा अवसर र चुनौती दुवै रहेको बताएको, क्रसरको कारण...बाँकी

एसएसपी लामा पनि ठगी धन्दामा मुछिए

काठमाडौँ – दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना वितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले आदेश नदिँदा...बाँकी

स्थानीय पत्रपत्रिकाः ३ नम्बर प्रदेशसभाको एकवर्ष, यस्ता भए काम

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले ३ नम्बर प्रदेशसभाको एक वर्ष पूरा भएको, ४१ व्र्षपछि ६ किलोमिटर बाटो बनेको, मुख्यमन्त्रीले उद्घाटन गरेको, सिञ्चाई विकासको लागि नयाँ गरुयोजना बनाइदै गरेकोलगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । ७ प्रदेशसहितको संघीयता कार्यान्वयन गर्ने गरी मुलुकको पुर्नसंरचनापछि प्रदेशसभाको पहिलो बैठक ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा...बाँकी

हिन्दु देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी

काठमाडौँ – सशस्त्र प्रहरी बलले हिन्दु देवीदेवताका नाममा रहेका बाहिनी र गण गुल्मको नाम परिवर्तन गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी विस्तृत कार्ययोजना लागू भएपछि विभिन्न देवीदेवताका नाममा रहेका कार्यालयको नाम हटाई अंककै आधारमा राखिनेछ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । ...बाँकी

सम्मान थाप्न जाँदा पनि भ्रमण भत्ता

काठमाडौँ — संघीय संसद्का मुख्य पदाधिकारीहरूले आफ्नो गृह र अन्य जिल्लाका विभिन्न कार्यक्रम उद्घाटनमा जाँदासमेत दैनिक भ्रमण भत्ता लिइरहेका छन् । सूचनाको हक प्रयोग गरी संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्षले आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा जाँदा भत्ता लिएका हुन् । भ्रमणमा जाने निजी सचिवालयका कर्मचारीलाई उपलब्ध गराएको भत्ता र...बाँकी

यस्तो लेखे आज हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस् ४ पत्रिकाको पहिलो पृष्ठ)

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले शहीद दिवस मनाइएको प्रसङेगलाई प्राथमिकताका साथ छापेका छन् । हेटौंडाका शहीद स्मारकमा एक कार्यक्रमको आयोजना गरी देशको निम्ति प्राण आहुती दिने शहीदहरुलाई सम्झिइएको हो । त्यस्तै राष्ट्रिय योजना आयोगले २५ वर्षभित्र मुलुकको प्रतिव्यक्ति आय १२ हजार पाँचसय डलर हुने अनमान गरेको समाचार पनि प्राथमिकताका साथ...बाँकी

नयाँ सुरक्षा रणनीतिः प्रजिअको लिखित आदेश आए गोली ठोक्न सकिने

काठमाडौँ – कतै हुलदङ्गा वा शान्ति सुरक्षा भंग हुने गरी कसैले आतंक मच्चाउन खोजे अनुमति लिई घुँडामुनि मात्र गोली चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने गरी गृह मन्त्रालयले नयाँ विधेयक तयार पारेको छ । यो समाचार आजको नेपाल समाचार पत्रमा छ । संविधानले परिकल्पना गरेअनुसार शान्ति सुरक्षा कायम गर्न वा...बाँकी