पत्र पत्रिकावाट

पानी छोएको निहुँमा वडा अध्यक्षले कुटे दलितलाई

पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका २  का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले पजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय...बाँकी

लखेट्दै लगेर बलात्कार

म्याग्दी - चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको...बाँकी

स्थानीय पत्रपत्रिकाः निजी क्षेत्रले सुरुङमार्ग बनाउनेमा मुख्यमन्त्रीको अविश्वास

हेटौंडाबाट प्रकाशित हुने पत्रिकाहरुले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले चौथो संविधान दिवस मनाइरहँदा द्धन्द्धपीडितको व्यथालाई प्रस्तुत गर्दै मुख्य समाचार बनाएको छ । त्यस्तै सुरुङमार्ग निर्माण कम्पनीप्रति ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलले अविश्वास प्रकट गरेको सम्बन्धी समाचार पनि छापिएको छ...बाँकी

प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन

काठमाडौं - प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् । तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्षसमितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो । बालुवाारमा...बाँकी

विद्यालयमा गयो कि एकोहोरो रुने, काँप्ने, छटपटिने र मुटु दुख्ने विरामी !

विद्यार्थी विरामी हुने समस्याले गौमुखी गाउँपालिका ठ, नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ । तीन बर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटटपटिने र मुटु दुख्यो भन्दै कराउने गर्छन् । पहिले फाट्टफुट्ट समस्या देखिन्थ्यो गत असार ५ देखि ४६ छात्रछात्रामा...बाँकी

दसैंलाई ४० अर्ब नयाँ नोट

विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको...बाँकी

साउदी जाने युवाको पारिश्रमिक ९ हजार बढ्यो

सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभुत पारिश्रमिकका लागि ६ बर्षपछि न्युनतम ज्यालामा पुनरावलोकन गरेको हो । पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार...बाँकी

निर्मला हत्या प्रकरणः अब अनुसन्धान सैनिकमाथि पनि

निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ । घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा त्यस्तो सुझाव दिइएको छ । निर्मलाको शव भेटिएको स्थानबाट करिव ३ किलोमिटर दुरीमा सेनाको बाहिनी छ । बलात्कारपछि घाँटीको कर्ड...बाँकी