पत्र पत्रिकावाट

स्थानीय पत्रपत्रिकाः मुख्यमन्त्री भन्छन्–प्रदेश सरकार उडिरहेको छ

मकवानपुरबाट प्रकाशित हुने स्थानीय पत्रपत्रिकाले फरक फरक समाचारलाई प्राथमिकताका साथ छापेका छन् । आजको हेटौंडा सन्देश दैनिकले मुख्यमन्त्री पौडेलले आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रदेश सरकार उडिरहेको बताएको प्रसङ्गलाई प्राथमिकता दिएर छापेको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली ठूला व्यवसायीलाई आश्वस्त बनाउने प्रयास गरेका छन् ।...बाँकी

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ...बाँकी

४४ बर्षपछि जलाउन थालियो बेवारिसे शव

सनाखत नभएकका बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ । व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शब जलाउन सुरु गरेको हो । विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये ९ वटा जलाईसकेको छ । सामान्यः विश्वमै बेवारिसे वश जलाइँदैन । यस्ता शव गाडेर व्यवस्थापन गरिन्छ । बर्षौैपछि पनि परिवार तथा आफन्त...बाँकी

निर्मला हत्या प्रकरणः योजनाबद्ध रुपमा प्रमाण नष्ट

कञ्चनपुर - अपराध अनुसन्धानको सिद्धान्तले भन्छ, अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ । घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । हत्याराले बालात्कारपछि निर्मलाको गुप्तांगबाट विर्य, रगत...बाँकी

प्रधानमन्त्रीले अब यसरी लिनेछन् मन्त्रीको परीक्षा

अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ । सफ्टवेयर असोजको...बाँकी

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

कञ्चनपुर - बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी...बाँकी

स्थानीय पत्रपत्रिकाः बालबालिका हराउने क्रम बढ्दो, क्षेत्रफलमा ठूलो हेटौंडा प्रतिष्ठानमा भने दोस्रो

मकवानपुरबाट प्रकाशित हुने स्थानीय पत्रपत्रिकाले फरक फरक समाचारलाई प्राथमिकताका साथ छापेका छन् । आजको साझाकुरा दैनिकले बालबालिका हराउने र बालबिवाह गर्ने क्रम बढ्दो रहेको समाचारलाई छापेको छ । मकवानपुर जिल्लामा वर्षेनि बाल विवाह र बालबालिका हराउने क्रम बढ्दो अवस्थामा रहेको देखिएको छ । सिविन नेपाल हेटौंडाका अनुसार चालु आर्थिक वर्षको...बाँकी

अपराध कबुल गराउन यातना

‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दोष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो । अनुसन्धानका नाममा प्रहरीले शारीरिक र मानसिक अवस्था ठीक नभएका तथा घटनासँग सरोकारै नभएका निर्दोषलाई फसाउन मात्रै खोजेन, बिनाकारण हिरासतमा राखेर यातनासमेत दियो ।...बाँकी