निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् । निर्मलाको डिएनए प्रोफाईलसँग मेल नखाएपछि दिलीपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । खुला सीमाको कारण हराउनेको संख्या बढ्दो, मुख्यमन्त्रीद्धारा कारागारको अनुगमन, मकवानपुरमा ९ वटा प्रहरी चौकी बन्दै, सिमेन्ट उद्योगमा वृक्षरोपणलगायतको समाचार प्राथमिकताका साथ छापेका छन् । खुला सीमाका कारण हराउनेको संख्या बढ्दो गत महिना २७ गते दिनभर...बाँकी
कुकुर कुट्दा बनेपका दुई युवा जेल परेको खबर छ । ककुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो, आजको राजधानी दैनिकमा यो खबर छ । बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको हो । घर पालुवा जनावर कुटेको...बाँकी
कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्ने उच्चस्तरीय सरकारी समितिका एक सदस्यले राजीनामा गर्दै आफ्नो ज्यानको सुरक्षाको माग गरेका छन् । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । समितिमा प्रदेश ७ को...बाँकी
निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना पनि रहस्यमय बनेको छ । काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरेरै उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएपछि घटना रहस्यमय बनेको हो । पत्रकार सम्मेलन गरेर...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । चेपाङलाई संस्कृतिको चिन्ता, आकाशे पानीको भरमा भाङखोरिया, दिवा खाजाको लागि गाउँपालिकाको बजेट, राहत शिक्षकद्धारा देशव्यापी शैक्षिक हड्ताल ाह्वान, हेटौंडामा ग्रासरुट फुटबल प्रशिक्षण हुनेलगायतको समाचार आजका स्थानीय पत्रिकाले प्राथमिकताका साथ छापेका छन् । चेपाङलाई संस्कृतिको चिन्ता...बाँकी
प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । करिब ४ देखि साढे ४ बजेतिर...बाँकी
देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेका थिए । केन्द्रसँगका असन्तुष्टिबारे समान धारणा बनाउन मुख्यमन्त्रीहरू गत बिहीबार पोखरामा भेला भएका थिए । प्रदेशका अधिकार पनि केन्द्रले मुठ्ठीमा...बाँकी