पत्र पत्रिकावाट

सांसदको अनुकुलतामा प्रदेशसभा, विधेयकमाथि छलफल हुन सकेन

प्रदेश नम्बर ३ को साउन ३१ गते बसेको बैठकले ३ वटा विधेयक दफाबार छलफलका लागि समितिमा पठाए पनि २ वटा विधेयकमाथि दफाबार छलफल हुन सकेको छैन । विषयगत समितिको बैठक बस्न नसक्दा दुई विधेयकमाथिको छलफल अघि बढ्न नसकेको हो । दैनिक काम गर्न अप्ठ्यारो पर्ने भन्दै प्रदेशको प्रशासकीय कार्यविधि (नियमित...बाँकी

तलब भत्ता र भ्रमणमै २० करोड खर्च !

आर्थिक वर्ष २०७४/७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ सकिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधामा यति धेरै रकम...बाँकी

बलात्कारीले पाउनेछन् अब बाँचुन्जेल जेल सजायँ

मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो । संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेमा, सार्वजनिक रूपमा...बाँकी

यौनकर्मी नल्याएको भन्दै सुरक्षागार्डको हत्या

विराटनगर ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका २ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए। प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम...बाँकी

स्थानीय पत्रपत्रिकाः अंशबन्डाको नाममा निर्बाध प्लटिङ, कति खप्ने अघोषित लोडसेडिङ ?

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेको छ । आजको साझाकुरा दैनिकले भूकम्पपछिको पुननिर्माणको लागि जग्गा खरिदमा अनुदान माग्नेमा मनहरी गाउँपालिकाका लाभग्राही बढी रहेको तथ्याङ्कसहितको समाचार छापेको छ । मकवानपुरका ९७ जना भूमिहीन भूकम्पपीडितले जग्गा खरिदको अनुदान माग गरेकोमा मनहरी गाउँपालिकाको मात्र ६२ जना रहेका...बाँकी

अहिलेसम्म विप्लवका को-को पक्राउ परे ?

सर्पको खुट्टा सर्पले नै देख्छ भनेजस्तै विगतमा सँगसँगै लडेभिडेका गृहमन्त्री रामबहादुर थापाले आफ्नै पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता÷कार्यकर्तालाई धमाधम पक्रन आदेश दिएका छन् । ३३ किलो सुनकाण्डमा ठूलो माछा फेला पर्छ भन्दै आएका गृहमन्त्री थापाले त्यो ठूलो माछा त अहिलेसम्म बल्छीमा पार्न सकेका छैनन् तर विप्लव नेकपाका अहिलेसम्मका...बाँकी

सचिवले स्वीकृत गर्नुपर्ने फाइल मन्त्रीको दराजमा

काठमाडौं  सामान्यतया मन्त्रीको मुख्य काम नीतिगत निर्णय गर्ने हो । तर, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको दराजमा अहिले सचिवले स्वीकृत गर्नुपर्ने फाइलको चाङ छ । आजको कारोबारमा समाचार छ । विगतमा वन तथा वातावरण मन्त्रालयका सचिवको अधिकार क्षेत्रको रुपमा रहेको विशेष गरी जलविद्धुत क्षेत्रसँग सम्बन्धित करिब तीन दर्जन फाइल मन्त्री बस्नेतको...बाँकी

झोलुङ्गे पुल बनेपछि गाउँलेमा खुसीयाली

झोलुङ्गे पुल सञ्चालनमा आएपछि हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका बासिन्दा खुसी भएका छन् । बिहानभरी कृषिकर्म गरेर आएकी सानुटारकी ५५ वर्षीया लिलामाया थोकर नवनिर्मित झोलुङ्गे पुलबाट वारपार गर्दै भनिन्–‘अब वारीपार गर्न सजिलो भयो, बोकेदहमा पुल नभएर समस्या भइरहेको थियो ।’ गतवर्ष साउनमा किसेडी खोला तरेर हेटौंडा आउन लाग्दा घ्याङसिटारकी महिलाको...बाँकी